१८ असोज, जनकपुरधाम । जितिया पर्वको अवसरमा जनकपुरधामका संस्थागत बिद्यालयहरुमा भोलि एक दिन बिदा दिने निर्णय गरिएको छ ।
प्याब्सनका अध्यक्ष रबिन्द्र चौधरी र एन प्याब्सनका जनकपुर नगर अध्यक्ष दिपक कुमार ठाकुर द्धारा हस्ताक्षरित संयुक्त बिज्ञप्ति मार्फत सो बिदाको निर्णय गरिएको जनाईएको छ ।
सो बिज्ञप्ति मार्फत सम्पुर्ण व्रतालु नारीहरुलाई जितिया पर्वको शुभकामना समेत दिईएको छ । मिथिलाको कठोर पर्वको रुपमा रहेको जितिया पर्व मधेश तराईका मानिसहरुले हर्षोउल्लास पुर्वक मनाउँदै आएता पनि यस पर्वमा सार्वजनिक विदा दिन स्थानिय, प्रदेश तथा संध सरकार उदासिन रहेको छ ।
उता, मधेश प्रदेशकै बिरगंज महानगरपालिकाले भने एक सुचना नै जारी गर्दै भोली जितिया पर्वको अवसरमा सम्पुर्ण शैक्षिक संस्थामा सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ । तर यसका लागि जनकपुर उपमहानगरपालिका ले बिदा दिन नसक्नु दुःखद रहेको अध्यक्ष ठाकुरले बताएका छन । उनले भने – जितिया पर्व नेपालका अधिंकाश ब्यक्तिले मनाउँछन र यो कठोर व्रत र पर्व पनि हो । यसमा तिन तहका कुनै सरकारले वास्ता नगरेपनि स्थानिय तहहरुले भएपनि विदा दिन आवश्यक छ ।
मधेशी तथा थारु समुदायहरुबाट जितिया पर्वको अवसरमा विदाको माग हुन थालिएको छ ।
मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति पारिवारिक सुख शान्ति तथा समृद्धिको कामना सहित मनाइने महान् पर्व जितिया पर्व आजबाट शुरु भएको छ ।
बिज्ञप्ति हेर्नुहोस –