२२ भदौ, जनकपुरधाम । एन प्याब्सन जनकपुरधामको नगर अध्यक्ष पदमा दिपक ठाकुर निर्विरोध निर्वाचित भएका छन ।
कार्यसमिति चयनको लागि आज दिउँसो ४ः३० बजे सम्मका लागि उम्मेद्बारी दर्ता गर्ने समय तोकिएकोमा ठाकुरको नगर अध्यक्ष पदमा एकल उम्मेद्बारी परेकाले सो पदमा निर्बिरोध निर्वाचित भएका छन । यस अघि बिभिन्न सदस्यले उम्मेदवारी दिने दावी गरिरहेको भएपनि ठाकुर बाहेकको उम्मेदवारी पर्न सकेन ।
मोर्डन नेपाल ईग्लिस मेडियम बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल समेत रहेका ठाकुरले निर्वाचित भएपछि निजी बिद्यालयको हकहितका लागि यस भित्रका बेथितीहरुलाई सुधार गरी संगठन प्रतिको बिश्वास बलियो पार्ने कुरा प्राथमिकतामा रहने बताए ।