बालेनले किन लेखे त्यस्तो स्टेटस ?

१७ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना गरिरहेका छन् । कतिपयले उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् भने कतिपयले उनी दम्भी भनेर आलोचना गरिरहेका छन् ।

मेयर साहले गएराति सामाजिक सन्जाल फेसबुकमा सरकारलाई ‘चोर’ भन्दै सिंहदरबारमा ‘आगो लगाइदिन्छु’ भनेर धम्कीयुक्त स्टाटस पोष्ट गरेका थिए । उनले लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ बालेनको यो पोष्टमा ३ लाख बढी लाइक, ९९ हजार कमेन्ट र ३८ हजार सेयर भएको देखिन्छ ।

लगत्तै उनको स्टाटसको स्क्रिनसट भाइरल भएको थियो । केहीले दम्भ देखिएको भनेर आलोचना गरेका छन् भने केहीले आक्रोशपूर्ण अभिव्यक्ति दिनुको कारणबारे जिज्ञासा राखेका छन् । तर यसको कारणबारे बालेन आफैंले केही बताएका छैनन् ।

विरोध र जिज्ञासा

सुलभ कार्कीले ट्वीटरमा मेयर बालेनको अभिव्यक्तिको विरोध गर्दै लोकतान्त्रिक समाजमा हिंसा स्वीकार गर्न नसकिने बताएका छन् । उनले लेखेका छन्, ‘यो अस्वीकार्य भनाइ हो । मेयर बालेन र्‍यापर मात्र नभइ नेपालको शक्तिशाली मेयर हुन् । उनले केही लेख्नुअघि सोच्नुपर्छ । साथै कुनै पनि प्रकारको हिंसालाई लोकतान्त्रिक समाजमा स्वीकार गर्न सकिँदैन ।’

यसअघि काठमाडौं महानगरको मेयरकी उम्मेदवारसमेत बनेकी नेतृ रञ्जु दर्शनाले मेयर साहको आक्रोशको कारणबारे फेसबुकमा जिज्ञासा राखेकी छन् । उनले लेखेकी छन्, ‘…देशमा जलाउनेहरु धेरै पटक आए र गए पनि । तिनीहरुको त बरु जिनतिन मुद्दा थियो । यो आक्रोशको पछाडि तपाईंको मुद्दा के हो ?’

यसैगरी पूर्वमन्त्री लोकेन्द्र विष्टमगरले पनि बालेनलाई प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, ‘मेयर साप ! शनिबार सवार सरकारी गाडी ट्राफिकले रोक्दा सिंहदरबारमा आगो र सरकार चोर किन र कसरी ?’

मेयर बालेन साहकी पत्नी सवार सरकारी नम्बर प्लेटको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेर छाडेलगत्तै मेयर साहको आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक भएको थियो ।

कोटेश्वरको चेकिङमा परेको थियो बालेन पत्नि सवार गाडी

शनिबार राति करिब ८ः५० बजेतिर सरकारी नम्बर प्लेटको गाडी ललितपुरको बालकुमारीतर्फबाट कोटेश्वर चोकतिर आएको देखेपछि चेकिङ गर्ने ड्युटीमा रहेका ट्राफिक प्रहरीले सो गाडीलाई रोकेर सोधपुछ गरेका थिए । त्यसपछि मेयरको गाडी हो, गाडीमा मेडम हुनुहुन्छ भनेपछि ट्राफिक प्रहरीले छाडिदिएका थिए । त्यसपछि गाडी गैरिगाउँतर्फ गएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले भने, ‘नियमित चेकिङमा सरकारी गाडी आयो । कुन अफिसको हो ? बिदाको दिन कहाँबाट आउनुभयो भनेर ट्राफिकले सोध्यो । चालकले मेयर सापको हो, मेडम हुनुहुन्छ भनेपछि ल ठिक छ, पास बोकेर हिँड्नुस् है भनेर पठाइदिएको हो ।’ त्यसक्रममा डेढ-दुई मिनेट गाडी रोकिएको भट्टले बताए । त्यसलगत्तै ९ बजेर २१ मिनेटमा मेयर साहको आक्रोशपूर्ण अभिव्यक्ति फेसबुकमा सार्वजनिक भएको थियो ।

मेयर साहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई टेलिफोन गरी गाडी रोकिदिएको भन्दै आक्रोश पोखेका थिए । मेयर साहले ‘महानगरको गाडी चौबीसै घण्टा ड्युटीमा हुन्छ । किन रोकेको ?’ भन्दै आक्रोश पोखेको स्रोतले बतायो ।

प्रजिअ बस्नेतले भने यसबारे के भएको रहेछ म बुझ्छु भन्दै फोन राखेका थिए । प्रजिअ बस्नेतले ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेलसँग घटनाबारे बुझेका थिए । साथै प्रहरी युनिटले गृह मन्त्रीको सचिवालयमा समेत घटनाबारे जानकारी गराएको थियो ।

प्रजिअ बस्नेतले शान्ति सुव्यवस्था कायम राख्न चेकजाँच गर्ने, सोधपुछ गर्ने सामान्य प्रक्रिया भएको बताए । त्यही गर्दा मेयर बालेन साहको धम्कीपूर्ण अभिव्यक्तिले सुरक्षाकर्मीलाई हतोत्साही बनाएको उनले बताए । ‘शान्ति, अमन चयन कायम राख्नका लागि नियमित रुपमा भइराख्ने कामको सन्दर्भमा उहाँको पनि भूमिका हुन्छ,’ प्रजिअ बस्नेतले भने, ‘तर यो अभिव्यक्तिले शान्ति सुरक्षा कायम राख्ने सवालमा सुरक्षा युनिटलाई हतोत्साही बनाएको छ ।’

Related posts:

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु

मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु

वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता

कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता

सुनको भाउ हालसम्मकै उच्च

तोलामा १४ सय बढ्यो सुन

जनकपुरको मुस्कान अस्पतालमा ताल्चा

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ

सुनको भाउमा नयाँ किर्तिमान

विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?

सुनको भाउमा समान्य गिरावट

COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण

आगोमा जलेर एक जनाको मृत्यु

चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *