१५ भदौ, जनकपुरधाम । एन प्याब्सनको नगर अध्यक्षका लागि दिपक ठाकुरले उम्मेदवारी घोषणा गरेका छन ।
निजी बिद्यालयको छाता संगठन एन प्याबसनको हुन गईरहेको नगर अधिवेशनका लागि ठाकुरले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
यही भदौ २३ गते हुन लागेको अधिवेशनबाट आगामी कार्यकालको लागि नयाँ कार्यसमिती चयन हुने भएको छ ।
समिती चयनको लागि सर्वप्रथम आपसी सहमति गरिने र सहमति हुन नसकेमा निर्वाचनको बिकल्प खुल्ला रहने वर्तमान नगर उपाध्यक्ष दिपक ठाकुरले जानकारी गराएका छन । नगर अध्यक्ष पदका लागि धेरै जना आकांक्षी रहे पनि खुलेर नआएपनि आफु अध्यक्ष पदका लागि आकांक्षी रहेको उपाध्यक्ष ठाकुरले बताए । सहमति वा निर्वाचन प्रक्रिया दुबैका लागि आफ् तयार रहेको बताउँदै ठाकुरले कुनै पनि हालतमा आफ्नो दाबेदारी नछोड्ने प्रष्ट गरे ।
मोर्डन नेपाल ईग्लिस मेडियम बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल समेत रहेका ठाकुरले आफु निर्वाचित भएपछि निजी बिद्यालयको हकहितका लागि यस भित्रका बेथितीहरुलाई सुधार गरी संगठन प्रतिको बिश्वास बलियो पार्ने कुरा प्राथमिकतामा रहने बताए ।
उनले नयाँ बिद्यार्थी भर्ना गर्दा सहितको लिई मात्र भर्ना गर्ने बाताबरण बनाउने, बिद्यालय बर्गीकरण गरी शुल्क निर्धारण गर्न स्थानिय पालिकासँग समन्वय गर्ने, निजी बिद्यालयको लगानी सुरक्षित गर्न जोडदार पहल गर्ने, सामुदायिक बिद्यालयमा नामाँकन भएका कुनै पनि बिद्यार्थीलाई संस्थागत बिद्यालयले पढाउन नपाउने ब्यवस्था गराउने, शैक्षिक क्याल्णेडरलाई कडाईका साथ लागु गर्ने, बिद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप गरी बिद्यार्थीहरुको गणस्तरीयतामा बृद्धि गर्ने, निजी बिद्यालयको शिक्षकहरुको गुणस्तर बढाउन प्रशिक्षणको ब्यबस्था गर्ने, संगठनलाई सुदृढ गरी गुमेको शाख फर्काउने जस्ता कुरा आफ्नो प्राथमिकतामा रहेको बताए ।