कारागारमा प्रहरीले पाशविक यातना दिएर दुई कैदीको हत्या गरेको निश्कर्ष

mrityu

३२ साउन, विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुले निकालेका छन् ।

संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार भित्र मारिएका थिए ।

स्थलगत अध्ययनमा पुगेका अधिकारकर्मीहरुले कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै उनीहरुलाई अस्पताल लगेको निष्कर्ष पनि निकालेका छन् ।

मृतक दुई जनाले कारगारबाट भाग्ने प्रयास गरेका थिए । कारागारको शौचालयको झ्याल फोडेर बाहिर निस्किएका उनीहरु बाहिरको ठूलो पर्खाल नाघेर भाग्न सक्ने अवस्थामा थिएनन् । त्यसैक्रममा प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई कारागारका सुरक्षाकर्मी र कैदीले कुटेको अनुगमन टोलीको निष्कर्ष छ ।

‘बाहिर निर्मम र पाशविक यातना दिएपछि अन्तिममा भित्री प्रशासनलाई बुझाएको देखिन्छ,’ स्थलगत अनुगमनका लागि घटनास्थल पुगेर फर्किएका इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापाले भने, ‘भित्रको प्रशासनले पनि कुटपिट गरेको देखिन्छ ।’

मृतकमाथि रड र लाठी पनि प्रहार भएको थियो । अनुगनका लागि पुगेको टोलीका एक सदस्यका अनुसार यातना दिने क्रममा उनीहरुको खुट्टामा रड घोपिएको थियो । रड घोपिएको डाम शवमा प्रष्ट देखिन्छ । सुरुमा प्रहरीले यातना दिएपछि अन्तिम अवस्थामा कारागारको आन्तरिक प्रशासनलाई बुझाएको थियो । आन्तरिक प्रशासनले पनि कुटपिट गरेको अनुगमन टोलको निष्कर्ष छ ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख पवनकुमार भट्टले राज्यको नियन्त्रणमा रहेका मानिसको अमानवीय तरिकाले कुटपिट पछि मृत्यु भएको देखिएको बताए ।

राज्यका निकायको गम्भीर लापरबाही देखिएको बताउँदै उनले आयोगले अनुगमन प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताए ।

‘मानव अधिकार आयोगको टोली पुगेर घटनास्थलका बारेमा बुझ्यौं, सबैसँग हामीले बुझेका छौं, कारागार भित्र राखिएका मानिस मारिनु गम्भीर कुरा हो,’ उनले भने, ‘राज्यले राखेको अवस्थामा जसरी मारिए पनि त्यहाँ राज्यको कमजोरी छ, राज्य चुकेको छ ।’

अमानवीय शैलीमा कुटेर कैदीलाई मारिएको आयोगको निष्कर्ष रहेको श्रोतले बताएको छ । ‘यति क्रुर र पाशविक यातना दिएको देखिन्छ कि सोच्दा नै आङ सिरिङ्ग हुन्छ,’ स्रोतले भन्यो, ‘सुरुमा प्रहरीले कुटपिट गरे, अब बाच्दैन है भनेपछि कैदीबन्दीलाई बुझाएका रहेछन्, राति तीन घण्टा कुटेको देखिन्छ ।’

बाहिर क्रुर यातनापछि अन्तिम अवस्थामा घटनालाई डाइभर्ट गर्न भित्र बुझाएको अनुगमनका क्रममा देखिएको इन्सेक प्रदेश संयोजक थापाले बताए ।

‘बाहिर मरासन्न हुनेगरी कुटपिट गरेको र घटना डाइभर्ट गर्नका लागि भित्री प्रशासनलाई बुझाएको देखिन्छ,’थापाले भने, ‘सुरुको मुख्य जिम्मेवार प्रहरीबाटै यातना दिएको देखिन्छ ।’

राज्यको नियन्त्रणमा भएका मानिस मारिएको बताउँदै उनले घटनामा संलग्नलाई कारबाही र पीडितलाई न्याय राज्यले दिनुपर्ने बताए ।

घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय संखुवासभाले गरिरहेको छ । प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पूर्जी जारी भएपछि निमित्त जेलर राजेन्द्र घिमिरे फरार छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र गोदारका अनुसार दुई जना विरुद्ध किटानी जाहरे परे पनि प्रहरीले ८ जनामाथि अनुसन्धान गरिरहेको छ । आठ जनाको अनुसन्धानपछि थव विषय खुल्ने उनले बताए ।

‘अहिलेसम्म आठ जनालाई अनुसन्धानको दायरमा ल्याएका छौं, भोलिसम्म थप विषय आउछ,’ उनले भने, ‘किटानी भने दुई जनालाई छ ।’ शवको पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानका लागि थप विषय अगाडि आउने बताउँदै उनले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताए ।

Related posts:

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

आज बिहानको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु, ३८ जना घाइते

मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँचदिन अघि बेपत्ता भएका इँटा व्यवसायीको शव गाडेको अवस्थामा फेला

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

स्वास्थ्य चौकीबाट ३ सेट कम्युटर र प्रिन्टर चोरी

एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले पार्टी घोषणा गर्ने

आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुग्यो

कर्मचारी सचेत नहुँदा अधिकांश पालिकाका वेबसाइट ह्याक

एन प्याबसनको आग्रहमा संस्थागत बिद्यालयहरुले आज तुलसी पूजन दिवस मनाउँदै

गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

एन प्याबसन जनकपुरले भोली बिद्यालयहरुमा बिबिध कार्यक्रम गरी तुलसी पूजन मनाउने

ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ

नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा एक जना पक्राउ

टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी

दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला

डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

नेपालमा बैंक लुटपाटमा संलग्न भारतीय लुटेरा पक्राउ

सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने

विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

सुदूरपश्चिम द्धारा जनकपुर सामु १२४ रनको लक्ष्य प्रस्तुत

स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला

दलान नेपालद्धारा लक्ष्मीनिया गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

अयोध्याबाट नेपाल आइपुगे ५०० जन्ती, आज धनुषयज्ञ (भिडियो सहित)

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै (भिडियो सहित)

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सको विजयी सुरुवात

कुशवाहाको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा

तिस दिनभित्र माग सम्बोधन हुने शर्तमा भोलीदेखि निजी बिद्यालयहरु खुल्ने

सुनको मूल्य करीब १६ हजारले घट्यो

पालिकाको आग्रहलाई बेवास्ता गर्दै संस्थागत बिद्यालयहरु बन्द राख्ने निर्णय, खोलाईदिन जनकपुरवासीसँग अपि...

बिद्यालय नखोले कारबाही गर्ने पालिकाको चेतावनी, बन्द यथाबत राख्ने संगठनको अडान कायमै

यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

आईपीओ निष्कासन नहुँदा ७७ कम्पनी पाइपलाइनमा (कम्पनीको नाम र शेयर संख्या सहित)

अधिकांश सिमेन्ट उद्योगहरू संकटमा, नेपालमा ६० सिमेन्ट उद्योग रहेकामा ४५ वटाले उत्पादन रोके

बिहिबार देखि धनुषाभरिका बिद्यालय बन्द गर्नेछौः एनप्याबसन

चेक बाउन्स मुद्दामा २ वर्ष कैद सजाय पाएका फरार गुन्डा नाइके लामा पक्राउ

भोली सोमबारदेखि सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिने

दक्ष युवा परियोजनाको डोनर्स भिजिट सफलतापूर्वक सम्पन्न

विश्वकै छैटौं प्रदूषित सहर काठमाडौं

मधेश प्रदेशका सम्पुर्ण निजी बिद्यालय संघर्षको बाटो रोज्न बाध्य हुने एनप्याबसनको चेतावनी

ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते

सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निजी बिद्यालयका संघ संगठनको चेतावनी

सुनको मुल्य ओरालो लाग्दै

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

छात्रबृति पाएका बिद्यार्थीहरुबाट लिईएको शुल्क कुनै पनि हालतमा फिर्ता गर्दैनौः निजी बिद्यालय

काठमाण्डौ विमानस्थलबाट ५ किलो सुनसहित ३ जना पक्राउ

अमेरिकामा राष्ट्रपति छनौटका लागि आज मतदान हुँदै

काठमाडौंमा बिहानैदेखि वर्षा, हवाइ उडान पनि प्रभावित

अहिलेसम्म मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न बेवास्ता गर्दै

यस्तो छ भाईटिकाको शुभ साईत

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश

धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

१७ जिल्लाको सीडीओ हेरफेर (सूचीसहित)

रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

पोखरा पुगेर घुमघामको फोटो नहाल्न रास्वपाको कार्यकर्तालाई चेतावनी

मितेरी सहकारी प्रकरणमा प्रहरीले ईन्टरपोलको सहयोग लिने

केटी साथीलाई भेट्न नदिएको भन्दै आफ्नै साथीको हत्या

रवि लामिछानेलाई अदालत उपस्थित गराउनु अघि पोखराको सुरक्षा व्यवस्था कडा

दिनदिनै नयाँ कीर्तिमान बनाउँदै सुन, शुक्रबार तोलामै २ हजार बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *