गौर घटनाको अनुसन्धान गर्ने सहमतिप्रति जसपाको आपत्ति

२६ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफैं सम्मिलित सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग गरेको पाँचबुँदे सहमतिप्रति गम्भीर आपत्ति जनाएको छ ।

घटना लगतै राजनीतिक पूर्वग्रहका आधारमा दर्ता भएको जाहेरीकै आधारमा गौर घटनाको अनुसन्धान गर्ने सहमतिप्रति आफूहरुको विमती भएको जसपा नेताहरुले बताएका छन् ।

जसपाले घटनाको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठनको माग समेत गरेको छ ।

२७ जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी ७ चैत २०६३ मा भएको घटनाका पीडितहरुले आन्दोलन थालेपछि गृह मन्त्रालयले २३ साउनमा पाँचबुँदे सहमति गरेको थियो ।

यसबाट झस्किएको जसपाले शुक्रबार पत्रकार सम्मेलन गरी सम्झौता विगतमा फोरम र मधेसी मोर्चासँग भएको सहमति विपरीत भएको र यसले शान्ति, स्थिरता र सद्भाव विथाल्ने दाबी गरेको छ ।

जसपाले तत्कालीन मधेशी मुक्ति मोर्चाका महासचिव प्रभु साह सहितको हठका कारण गौर घटना दाबी गरेको छ । ‘घटना पश्चात माओवादीका केही व्यक्तिलाई उक्साई उक्त दिन कार्यक्रमै उपस्थित नभएका तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका व्यक्तिमाथि राजनीतिक पूर्वाग्रहका साथ बदनीयतपूर्ण ढंगले जाहेरी लिन लगाए’ जसपाले भनेको छ ।

अहिले सरकारले त्यही जाहेरीका आधारमा छानबिन अगाडि बढाउने भनेर गरेको सहमतिमा आफूहरुको आपत्ति रहेको जसपा प्रवक्ता मनिष सुमनले बताए । जसपा नेता राजकिशोर यादव भन्छन्, ‘त्यो जाहेरीलाई आधार बनाएर अगाडि बढ्यो भने पीडितले न्याय पनि पाउँदैनन्, सत्य तथ्य पनि बाहिर आउँदैन ।’

यो घटनाबारे राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघीय वअधिकार उच्चायुक्तको नेपाल कार्यालय (ओएनएचसीआर) का साथै सरकारले समेत छानबिन गरिसकेको भन्दै जसपाले प्रतिवेदनहरु सार्वजनिक गर्न समेत माग गरेको छ ।
मुख्य पात्रलाई लुकाएर अरुलाई बद्नाम गर्न खोज्नु खेदजनक रहेको भन्दै रेणु यादवले भनिन्, ‘सबै प्रतिवेदन सार्वजनिक होस्, सत्यतथ्य बाहिर आउनुपर्छ ।’

जसपा नेताहरुले गौर घटनाको छानबिन गर्ने हो भने संसदीय समिति बनाउनुपर्ने समेत बताएका छन् । ‘साच्चै छानबिन गर्ने हो भने हामी त तयार छौं’, जसपा नेता यादवले भने, ‘यसका लागि विश्वासिलो संसदीय आयोग बनाऔं ।’

सुन तस्करीमा एमालेले संसदीय छानबिन माग्दा राज्यका संयन्त्रलाई विश्वास गरौं भनेको जसपाले आफू मुछिएको घटनामा चाहिँ संसदीय समिति किन माग्यो भन्ने प्रश्नमा यादवले गौर घटना र सुन काण्डलाई एउटै आँखाले नहेर्न आग्रह गरे । उनले अघि भने, ‘गौर घटना राजनीति हो, यसको उच्चस्तरीय सर्वपक्षीय संसदीय आयोगले मात्र अनुसन्धान गर्न सक्छ ।’

सहमतिपछि जसपाका कतिपय नेताहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिन नेतृत्वलाई दबाव दिएका छन् । तर जसपा प्रवक्ता सुमनले भने आफ्नो दल सरकारमा रहने नरहने सरकार पक्षको व्यवहारमा भरपर्ने बताउँछन् ।

Related posts:

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

बाबुले गरे छोरी र भतिजको हत्या

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

एकैदिन ३५ सय घट्यो सुन

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

उमेरहदमा अड्कियो निजामती विधेयक

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय

धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्‍यो नयाँ आन्दोलन घोषणा

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ

माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

एकैदिन तोलाको ७५ सय घट्यो सुन

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

Leave a Reply

Your email address will not be published. Required fields are marked *