लम्पीस्किन रोगको तत्काल नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन

१७ साउन, काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पीस्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ ।

बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले लम्पीस्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताएका हुन् । उनीहरुले लम्पी स्किन देशव्पयापी रुपमा फैलिसक्दासमेत सरकारले आवश्यक चासो नदिएको गुनसो गरे । प्रदर्शन कार्यक्रममा बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले लम्पी स्किन महामारी देशभर फैलिसक्दा समेत सरकार कानमा तेल हालेर बसेकाले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताउनु भयो । उहाँले देशभरका किसानहरुलाई समस्या पर्दा सरकारलाई दुख्न नसकेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले देशको आर्थिक अवस्था थला परिरहेको बेलामा लम्पी स्किन रोगले सताइरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको र पशुवस्तुमा क्षति पुगेका किसानलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताउनु भयो । उहाँले पशुलाई लम्पी स्किनको खोप दिनपनि सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाउनु भयो ।

प्रदर्शनमा सहभागीहरुले लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बीमा उपलब्ध गराउ, किसानलाई गोठगोठमा सेवा उपलब्ध गराउ, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैंक कर्जा उपलब्ध गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।

Related posts:

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा

जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै

२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु

मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु

वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता

कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता

सुनको भाउ हालसम्मकै उच्च

तोलामा १४ सय बढ्यो सुन

जनकपुरको मुस्कान अस्पतालमा ताल्चा

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ

सुनको भाउमा नयाँ किर्तिमान

विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?

सुनको भाउमा समान्य गिरावट

COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण

आगोमा जलेर एक जनाको मृत्यु

चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *