२ साउन, जनकपुरधाम ।मधेश प्रदेश सरकारले सवारी करमा वृद्धि गरेको छ । सवारी साधनहरुको करमा गत बर्षमात्र वृद्धि गरेको सरकारले पुनः करमा वृद्धि गरेको हो ।
अब कार, जीप, भ्यान र माईक्रोबसको वार्षिक कर २२ हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म कर तोकिएको छ । जसमा १००० सिसिसम्म २२ हजार रुपैयाँ, १५०० सिसिसम्म २५ हजार, २००० सिसिसम्म २७ हजार, २५०० सिसिसम्म ३७ हजार, २९०० सिसिसम्म ५० हजार र २९०१ सिसिभन्दा माथिको सबैमा एकमुष्ठ ६० हजार रुपैयाँ कर तोकिएको हो ।
मोटरसाईकलको लागि १२५ सिसिसम्म रु. ३,०००, त्योभन्दामाथि देखि १६० सिसिसम्म ५,००० रुपैयाँ, २५० सिसिसम्म ६,५०० रुपैयाँ, ४०० सिसिसम्म ११,००० रुपैयाँ र सोभन्दा माथिको सिसिमा एकमुष्ठ २०,००० रुपैयाँ कर तोकिएको हो । यो कर वार्षिक रुपमा लाग्ने कर भनिएको छ ।
करको दायरा हेर्नुहोस् ।