१ साउन, जनकपुरधाम । गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन भएको छ । १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको मृत्यु भएको थियो ।
गौर हत्याकाण्डका पीडितहरुले तत्कालीन घटनानमा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएकाहरुले ‘गौर हत्याकाण्डको मुख्य दोषी उपेन्द्र यादवलाई कारबाही गर’, ‘न्याय मार्न पाईँदैन’, ‘पीडितलाई न्याय देउ’, ‘मानवअधिकारको रक्षा गर’, ‘कानून प्रशासन लागु गर’, ‘दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढा’, ‘हत्यारालाई बचाउन पाईँदैन्’, ‘जंगली राज चाहिँदैन्’लगायतका नारा लगाएका छन् ।
२०६३ साल चैत ०७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी केन्द्रले गौर सदरमुकाममा रहेको राइसमिलमा छुट्टाछुट्टै राखेको कार्यक्रमको बेला झडप भएको थियो ।
जसमा माओवादी कार्यकर्ता ठूलो संख्यामा मारिएका थिए । हत्यामा संलग्नहरुको बिरुद्ध तत्कालीन समयमै किटानी जाहेरी दिए पनि कारबाही नभएकाले पीडितहरुलाई न्याय दिलाउन तथा अपराधीहरुलाई कानूनी दायरामा ल्याउन प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।
प्रदर्शनमा हत्याकाण्डका पीडित परिवारका सदस्यहरुको समेत सहभागिता छ ।
उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै बिभिन्न बिरोधका कार्यक्रमहरु सार्वजनिक समेत गरेका छन । साउन १५ देखि अनिश्चितकालिन रौतहट बन्दको आहवान समेत गरेका छन ।
ज्ञापन पत्र