ललिता निवास प्रकरणमा पक्राउ परेका ७ जनामध्ये मंगलबार साँझ नै ३ जना रिहा

१३ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सार्वजनिक लिखत कीर्तेको अभियोगमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ७ जनालाई पक्राउ गर्‍यो । पक्राउ परेका ७ जनामध्ये मंगलबार साँझ नै ३ जना रिहा भएका छन् ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका उनीहरुमाथि सीआईबीले कीर्ते मुद्दामा अनुसन्धान अघि बढाउन खोजेको थियो । तर सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश देखाएर पक्राउ परेकामध्ये डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रिहा भएका हुन् ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, खरदार गोपाल कार्की, र धर्मप्रसाद गौतम सीआईबीको हिरासतमा छन् ।

सरकारी वकिल र प्रहरीले कानुनी प्रावधानबारे हेक्का नराख्दा ललिता निवास जग्गा प्रकरणमा कीर्तेको अनुसन्धान अघि बढाउन कानुनी जटिलता देखिएको छ । सार्वजनिक लिखत कीर्तेको अभियोगमा उजुरी परेको दुई वर्षभित्र मुद्दा चलाउनुपर्नेमा सीआईबीले हदम्याद गुजारेर आरोपितहरु पक्राउ गरेको हो ।

पूर्व नायव महान्यायाधिवक्ता नरेन्द्र पाठक हदम्याद नाघेको उजुरीमाथि अनुसन्धान र कारवाहीको अर्थ नहुने बताउछन् । ‘सरकारी निकायले थाहा पाएको मितिदेखि हदम्याद आरम्भ हुने भनिन्छ । मैले यो मितिमा थाहा पाए भनेर पत्राचार गर्छ र त्यसपछि सुरु हुने हदम्याद नाघेको हुन्छ भने त त्यो मुद्दाको के अर्थ हुन्छ र ?’

अनुसन्धान अधिकारीहरुलाई कानुन अनुसार निर्देशित गर्नुपर्ने तत्कालिन महान्यायाधिवक्ता खम्मबहादुर खाती र सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख गंगाप्रसाद पौडेलले ‘अनुसन्धान प्रतिवेदन पूर्ण नभएकाले थप छानबिन गर्नु’ भनी निर्देशन दिएका थिए । त्यही कारणले मुद्दा दायर गर्ने हदम्याद नाघेको हो ।

के हो जटिलता ?

२०७५ भदौ १ अघिसम्म प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा सार्वजनिक लिखत कीर्तेमा हदम्यादको व्यवस्था थिएन । तर मुलुकी अपराध संहितामा भने सार्वजनिक लिखत कीर्तेमा दुई वर्षभित्र मुद्दा चलाउनुपर्ने हदम्याद तोकिएको छ ।

मुलुकी अपराध संहिताको ऐनको दफा २८३ मा भनिएको छ, ‘सार्वजनिक लिखत कीर्ते गरेकोमा थाहा पाएको मितिले दुई वर्ष र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।’

ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसलगत्तै गृह मन्त्रालयको समरजंग कम्पनीले २७ माघ २०७६ मा कीर्ते कागजात बनाइ आफ्नो नामको जग्गा व्यक्तिको नाममा दर्ता भएको भनी प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा दिएको उजुरी २ फागुनमा दर्ता भयो ।

काठमाडौं उपत्यकाको रुख कटान र काठ व्यवस्थापनका लागि पञ्चायतकालमा स्थापित समरजंग कम्पनीको ललिता निवास क्षेत्रभित्र जग्गा थियो ।

पुरानो मितिमा भएको अपराधमा पुरानै कानुन अनुसार कारवाही हुने भएपनि नयाँ ऐनको कार्यविधि लागू हुन्छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता लोकराज पराजुली भन्छन्, ‘पुरानो र नयाँ कानुन कार्यान्वयनको दुविधा भएमा नयाँ कानुनको कार्यविधि नै आकर्षित हुन्छ, पुरानो मान्य हुदैन ।’

नयाँ कानुन अनुसार, २ फागुन २०७८ भित्र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कीर्तेको अभियोगमा मुद्दा दायर गरिसक्नुपर्ने थियो । प्रहरीले २०७८ पुसको दोस्रो साता कीर्तेको अभियोगमा चार वटो अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझायो ।

त्यतिबेला सरकारी वकिलको कार्यालयका प्रमुख रहेका गंगा गंगाप्रसाद पौडेलसँग महान्यायाधिवक्ता खम्मबहादुर खाती निरन्तर परामर्शमा थिए । तर निर्देशनमा भने महान्यायाधिवक्ताको लिखित निर्देशन र पत्राचार छैन ।

अन्ततः सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन अपुरो रहेको भनी थप अनुसन्धानका लागि फेरि फाइल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा पठायो । त्यतिबेला समेत सार्वजनिक प्रतिक्रियामा सहन्यायाधिवक्ता पौडेल र महान्यायाधिवक्ता खातीले समेत पुरानो कानुन अनुसार कीर्तेको अभियोगमा हदम्याद नलाग्ने भनी अनुसन्धान सकेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए ।

तर प्रहरीले त्यसलाई तत्काल पूर्णता दिन र फेरि प्रतिवेदन पेश गर्न सकेन । सरकारी वकिलले हदम्याद नहुने परामर्श दिएकाले प्रहरीले पनि अनुसन्धान अघि बढाउन जरुरी देखेन ।

समरजंग कम्पनीले २ फागुन, २०७६ मा पठाएको पत्रको २ फागुन २०७८ मा कीर्तेमा मुद्दा चलाउने हदम्याद सकियो । ४ साउन, २०७९ मा टीकाराम घिमिरे लगायतका आरोपितहरुले ‘उजुरीमाथि मुद्दा दायर गरेको हदम्याद नाघिसकेको तर आफूहरुलाई पक्राउ गर्ने जोखिम रहेको’ भन्दै अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालत पुगे ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले १९ साउन २०७९ मा हदम्यादको विषय महत्वपूर्ण हुने भन्दै उनीहरुलाई पक्राउ नगर्नु भनी अन्तरिम आदेश दियो ।

‘कीर्ते सम्बन्धी विवादित सन्दर्भमा लिएर निवेदकहरुलाई अहिले नै थुनामा राखियो भने निजहरुको हक अधिकारमा अपूरणीय क्षति पुग्न जाने अवस्था देखियो’, आदेशमा भनिएको छ, ‘अनुसन्धान कार्य गर्नका लागि निवेदकहरुलाई अहिले नै थुनामा नै राख्नुपर्नेसम्मको औचित्य पनि देखिन आउदैन । निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई पक्राउ गर्ने, थुनामा राख्ने समेतका कार्य नगर्नु/नगराउनू ।’

विपक्षी बनाइएकाले अन्तरिम आदेशको एक प्रति सीआईबीमा समेत पुगेको थियो । तर व्यूरोले आफूकहाँ आएको आदेशको समेत हेक्का नराखी अन्तरिम आदेश पाएकाहरुलाई पक्राउ गरेपछि त्यसै दिन रिहा गर्नुपर्‍यो ।

अदालतले एकतर्फी सुनुवाइका आधारमा जारी गरेको अन्तरिम आदेश विरुद्ध निवेदन दिन पाउने हक सरोकारवालाहरुलाई हुन्छ । तर प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, महान्यायाधिवक्ता कार्यालयका निकायहरुले समेत अन्तरिम आदेश खारेजको माग गरेर अदालतमा निवेदन दिएनन् । जसका कारण एक वर्षसम्म पनि त्यो अन्तरिम आदेश कायम छ । मुद्दाको प्रक्रिया पनि अघि बढेको छैन ।

पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्र पाठक आफूले हेक्का राख्नुपर्ने कानुनका विषयमा आधारभूत जानकारी समेत नराखी अनुसन्धानमा निर्देशन दिएको सरकारी वकिलमाथि प्रशासनिक कारवाही हुने बताउँछन् । बदनियत देखिए अन्य ढंगको समेत अनुसन्धान हुने उनको भनाइ छ ।

‘कुन मुद्दामा, कसरी र के आधारमा निर्देशन दियो, उसले हदम्यादलाई कसरी हेर्‍यो भन्ने त पछि छानबिनबाट थाहा होला’ उनले भने, ‘तर कानुनको आधारभूत ज्ञानसमेत नराखी फाइल फर्काएको र त्यसकै आधारमा हदम्याद नाघेको देखिए त छानबिन र अनुसन्धान हुनुपर्ने हो ।’

Related posts:

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

आज बिहानको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु, ३८ जना घाइते

मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँचदिन अघि बेपत्ता भएका इँटा व्यवसायीको शव गाडेको अवस्थामा फेला

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

स्वास्थ्य चौकीबाट ३ सेट कम्युटर र प्रिन्टर चोरी

एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले पार्टी घोषणा गर्ने

आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुग्यो

कर्मचारी सचेत नहुँदा अधिकांश पालिकाका वेबसाइट ह्याक

एन प्याबसनको आग्रहमा संस्थागत बिद्यालयहरुले आज तुलसी पूजन दिवस मनाउँदै

गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

एन प्याबसन जनकपुरले भोली बिद्यालयहरुमा बिबिध कार्यक्रम गरी तुलसी पूजन मनाउने

ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ

नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा एक जना पक्राउ

टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी

दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला

डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

नेपालमा बैंक लुटपाटमा संलग्न भारतीय लुटेरा पक्राउ

सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने

विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

सुदूरपश्चिम द्धारा जनकपुर सामु १२४ रनको लक्ष्य प्रस्तुत

स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला

दलान नेपालद्धारा लक्ष्मीनिया गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

अयोध्याबाट नेपाल आइपुगे ५०० जन्ती, आज धनुषयज्ञ (भिडियो सहित)

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै (भिडियो सहित)

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सको विजयी सुरुवात

कुशवाहाको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा

तिस दिनभित्र माग सम्बोधन हुने शर्तमा भोलीदेखि निजी बिद्यालयहरु खुल्ने

सुनको मूल्य करीब १६ हजारले घट्यो

पालिकाको आग्रहलाई बेवास्ता गर्दै संस्थागत बिद्यालयहरु बन्द राख्ने निर्णय, खोलाईदिन जनकपुरवासीसँग अपि...

बिद्यालय नखोले कारबाही गर्ने पालिकाको चेतावनी, बन्द यथाबत राख्ने संगठनको अडान कायमै

यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

आईपीओ निष्कासन नहुँदा ७७ कम्पनी पाइपलाइनमा (कम्पनीको नाम र शेयर संख्या सहित)

अधिकांश सिमेन्ट उद्योगहरू संकटमा, नेपालमा ६० सिमेन्ट उद्योग रहेकामा ४५ वटाले उत्पादन रोके

बिहिबार देखि धनुषाभरिका बिद्यालय बन्द गर्नेछौः एनप्याबसन

चेक बाउन्स मुद्दामा २ वर्ष कैद सजाय पाएका फरार गुन्डा नाइके लामा पक्राउ

भोली सोमबारदेखि सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिने

दक्ष युवा परियोजनाको डोनर्स भिजिट सफलतापूर्वक सम्पन्न

विश्वकै छैटौं प्रदूषित सहर काठमाडौं

मधेश प्रदेशका सम्पुर्ण निजी बिद्यालय संघर्षको बाटो रोज्न बाध्य हुने एनप्याबसनको चेतावनी

ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते

सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निजी बिद्यालयका संघ संगठनको चेतावनी

सुनको मुल्य ओरालो लाग्दै

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

छात्रबृति पाएका बिद्यार्थीहरुबाट लिईएको शुल्क कुनै पनि हालतमा फिर्ता गर्दैनौः निजी बिद्यालय

काठमाण्डौ विमानस्थलबाट ५ किलो सुनसहित ३ जना पक्राउ

अमेरिकामा राष्ट्रपति छनौटका लागि आज मतदान हुँदै

काठमाडौंमा बिहानैदेखि वर्षा, हवाइ उडान पनि प्रभावित

अहिलेसम्म मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न बेवास्ता गर्दै

यस्तो छ भाईटिकाको शुभ साईत

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश

धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

१७ जिल्लाको सीडीओ हेरफेर (सूचीसहित)

रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

पोखरा पुगेर घुमघामको फोटो नहाल्न रास्वपाको कार्यकर्तालाई चेतावनी

मितेरी सहकारी प्रकरणमा प्रहरीले ईन्टरपोलको सहयोग लिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *