१० बजे कार्यालय प्रवेश, हाजिर लगाएर सवा १० बजे घरतिर लाग्छन सिंहदरबारकै कर्मचारी

१ असार, काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारकै कर्मचारी कर्तव्य र समय पालनामा जिम्मेवार नभएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार गरेको छड्के अनुगमनबाट एक सय २५ जना कर्मचारी कारबाहीमा परेका छन् । कार्यालय समयमा विभिन्न बहानामा कामै छाडेर भाग्ने कर्मचारीको अनुगमन गरेर केन्द्रले विभागीय कारबाहीका लागि सम्बन्धित मन्त्रालय तथा निकायमा पठाएको छ ।

कर्मचारीहरू हाजिर गरेर भाग्ने प्रवृत्ति बढेपछि केन्द्रले दुईवटा टोली बनाएर आकस्मिक अनुगमन गरेको थियो । हाजिर गरेर भाग्ने यस्तो प्रवृत्तिलाई कर्मचारीतन्त्रमा ‘हाजिर गरेर टाप कस्ने’ अर्थात् ‘हाटा’ भनिन्छ । केन्द्रले सिंहदरबार छिर्ने दुईवटा गेट पूर्वी र दक्षिण गेटमा छड्के अनुगमन गरेको थियो । केन्द्रका डिआइजी निरञ्जन विष्टको संयोजकत्वमा नेपाल प्रहरीसमेतलाई संलग्न गरेर अनुगमन गरिएको थियो ।

डिआइजी विष्टका अनुसार केन्द्रको निर्णयअनुसार सिंहदरबार प्रवेश गर्ने पूर्वी र दक्षिण गेटमा बिहीबार बिहान आकस्मिक रूपमा दुई टोली खटाइएको थियो । पूर्वी गेटमा १० देखि ११ र दक्षिण गेटमा १० देखि १२ बजेसम्मका लागि टोली खटाइएको थियो । कर्मचारीको सहजताका लागि पूर्वी गेट बिहान १० देखि ११ बजेसम्मका लागि मात्र खुल्छ । दक्षिणी गेट भने सबैका लागि बिहानदेखि बेलुकासम्म खुला हुन्छ । कार्यालयसम्बन्धी काम १० बजेपछि मात्र हुने भएकाले सेवाग्राही तथा आवश्यक काम परेका मानिस सामान्यतया मध्याह्न आसपासदेखि मात्र आउँछन् । सरकारी कर्मचारी परिचयपत्र, सूचना विभागले जारी गर्ने पत्रकार परिचयपत्रबाहेक अन्यका हकमा पास आवश्यक पर्ने भएकाले सिंहदरबारमा छिर्न सहज छैन । त्यही १० देखि १२ बजेको अवधिमा केन्द्रको टोलीले सिंहदरबारबाट कति कर्मचारी बाहिरिन्छन् भन्नेबारे छड्के अनुगमन गरेको थियो ।

डिआइजी विष्टका अनुसार पूर्वी गेटमा ३४ र दक्षिण गेटमा ९१ जना छड्केमा परेका छन् । ‘केन्द्रले स्याम्प्लिङका रूपमा मात्र अनुगमन गरेको हो,’ उनले भने, ‘तर, नसोचेको संख्यामा कर्मचारी कार्यालयको काम छाडी बाहिरिएको देखियो । प्रहरीसँग बुझ्दा त त्यो समयमा गेटमा बाहिरिने कर्मचारीले ट्राफिक जाम नै गराउने रहेछन् ।’

अनुगमन टोली बिहान १० बजे नै दुवै गेटमा बसेको थियो । टोलीका एक सदस्यका अनुसार एक कर्मचारी १०:१४ मै सिंहदरबारबाट बाहिरिए । कार्यालय समय नै १० बजे रहेको अवस्थामा १४ मिनेटमै कर्मचारी बाहिर निस्केको फेला पारेपछि अनुगमन टोली नै आश्चर्यमा परेको थियो । ‘सामान्यतया कर्मचारी ढिला कार्यालय पुग्छन् भन्ने आमगुनासो हुन्छ, तर समयमै कार्यालय पुगेर, हाजिर लगाएर फर्किने प्रवृत्ति पनि रहेछ भन्ने देखियो,’ डिआइजी विष्टले भने । अनुगमनका क्रममा कतिपय कर्मचारीले त अनुगमन टोलीमाथि दुव्र्यवहारसमेत गरेका थिए । ती कर्मचारीले केन्द्रका डिएसपी कृष्णप्रसाद अधिकारीलाई धकेलेका थिए । ‘निजामती कर्मचारी त सभ्य, शिक्षित हुनुपर्ने हो, तर केहीले अनुगमन टोलीमाथि नै दुव्र्यवहार गरे,’ अनुगमन टोलीका एक सदस्यले भने । अनुगमन टोली देखेपछि केही कर्मचारी त फर्किएका थिए ।

कार्यालय समयमा व्यक्तिगत कामका लागि दौडिने कर्मचारीमाथि कारबाहीका लागि केन्द्रले लेखी पठाउने निर्णय गरेको छ । ‘समय पालना नगर्ने कर्मचारीलाई कारबाहीका लागि केन्द्रले सम्बन्धित मन्त्रालय तथा कार्यालयमा लेखी पठाउँछ,’ केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले भने, ‘केन्द्रको सिफारिसबमोजिम सम्बन्धित मन्त्रालयले अनुशासनको कारबाही गर्न सक्छ ।’ केन्द्रका सूचना अधिकारी शर्माका अनुसार चालू आवमा मात्र केन्द्रले दुई सय ३४ कार्यालयको अनुगमन गरेको छ ।

कुन मन्त्रालय/कार्यालयबाट कति कर्मचारी बाहिरिए ?
केन्द्रबाट प्राप्त विवरणअनुसार कार्यालय समयमा बाहिरिने सबैभन्दा धेरै कर्मचारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका छन् । मन्त्रालयका १५ कर्मचारी कार्यालय समयमा बाहिरिएको केन्द्रको रेकर्ड छ । त्यस्तै, गृह र अर्थका १०–१० जना, प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सात–सातजना कर्मचारी कार्यालय समयमा बाहिरिएका छन् । सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल टेलिभिजनका ६–६ जना कर्मचारी पनि कार्यालय समयमा व्यक्तिगत काम देखाएर बाहिरिए । युवा तथा खेलकुदका पाँच, कृषि मन्त्रालय र मुद्रण विभागका चार–चार तथा पर्यटन मन्त्रालय, सञ्चार मन्त्रालय र श्रम मन्त्रालयका तीन–तीनजना कर्मचारी पनि कार्यालयको काम छाडेर बाहिरिएका थिए ।

Related posts:

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा

जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै

२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु

मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु

वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता

कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता

सुनको भाउ हालसम्मकै उच्च

तोलामा १४ सय बढ्यो सुन

जनकपुरको मुस्कान अस्पतालमा ताल्चा

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ

सुनको भाउमा नयाँ किर्तिमान

विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?

सुनको भाउमा समान्य गिरावट

COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण

आगोमा जलेर एक जनाको मृत्यु

चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *