२८ जेष्ठ, जनकपुरधाम । लागु औषध नियन्त्रणका लागी सर्लाहीको ब्रहमपुरी गाउँपालिकामा जनचेतना मुलक चलचित्र प्रदर्शन गरिएको छ ।
ब्रहमपुरी गाउँपालिका सर्लाहीको सहयोग तथा आंगन धनुषा द्धारा निर्माण गरिएको दुष्परिणाम नामक लघु चलचित्र प्रदर्शन गरिएको हो । कुलतमा फस्न सक्ने उमेर समुहका युवायुवतीहरुलाई लक्षित गरी सो चलचित्र ब्रहमपुरी गाउपालिकाका १ देखि ७ वटै वडामा प्रदर्शन गरिएको छ ।
बिद्यालय र कलेजमा अध्ययनरत बिद्यार्थीहरु ,युवाहरु तथा बिद्यालय बाहिर रहेका यूवाहरु लागु औषध दुब्र्यसनको शिकार भइरहेको र हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेतना फैलाउने उद्येश्यले सो चलचित्र प्रदर्शन गरिएको बताईएको छ ।
१७ मिनेट ५४ सेकेण्डको रहेको उक्त चलचित्रमा एक जहेन्दार बिद्यार्थी कसरी साथीहरुको प्रभावमा कुलतमा फस्छन र कुलतमा फसिसकेपछि के के नोक्सान तथा क्षति हुन्छ भन्ने बिषय बस्तु देखाईएको छ । साथै सस्पेन्स र रोचक कथाबस्तु समेटिएको चलचित्रले कुलतमा फसेका र फस्न सक्ने टिन एजर युवा युवतीलाई सतर्क बनाउने र लागु औषध दुब्र्यसनी हुनबाट जोगाउने आँगनको दाबी छ । करीब १८ मिनेटको उक्त चलचित्रले हेर्ने दर्शकलाई लागु औषधको दुष्परिणाम बारे राम्रो सँग अवगत गराएको आँगनको बिश्लेषण छ ।
बिद्यालय र कलेज पढ्ने यूवाहरुमा आफ्नो साथीहरुको प्रभावले लागु औषध सेवन गर्नेहरुको संख्या दिन प्रति दिन बढदै गईरहेको देखिन्छ । नेपाल सरकारले लागु औषध सेवन नियन्त्रण गर्नलाई बिभिन्न प्रयास गरेको भए पनि भारत संग जोडिएको खुला सिमानाका कारण रोकथाम तथा नियन्त्रण प्रयाप्त हुन सकेको छैन । यसरी दिन प्रति दिन सेवन गर्नेको संख्यामा बृद्धि भईरहेको अवस्थालाई मध्यनजर गर्दै नियन्त्रणमा टेवा दिने उद्येश्यका साथ यूवाहरु लक्षित कार्यक्रम गर्नु पर्ने आवश्यक देखिएकोले ब्रहमपुरी गाउँपालिका सर्लाहीको सहयोगमा आंगन धनुषाले छोटो चलचित्रको निर्माण गरी स्थानिय युवा, समाजसेवी, राजनितिकर्मी , वाल क्लवका भाई बहिनिहरुलाई सो चलचित्र देखाई समिक्षा गर्न समेत लगाएको थियो ।
लागु औषधबाट आर्थिक, सामाजिक, पारिवारिक समस्या निम्तियाउने भएकाले यसबाट बच्नका लागी सचेतना मुलक कार्यक्रम संचालन भएको हो । यस कार्यक्रले समाजमा भइरहेको विकृतिहरुलाई समेत न्युनिकरण गर्न सक्ने बिश्वास रहेको आंगनका अध्यक्ष मिथलेश साहले बताए । साथै स्थानिय रेडियो मार्फत पि एस ए समेत प्रसारण भइरहेको हुदा चलचित्र हेर्न नसकेकाले पनि सुनेर यस प्रति सजग हुन सक्ने आँगनले बिश्वास लिएको छ । यस कार्यक्रमको मुख्य उद्धेश्य लागु औषध सेवन नियन्त्रण गर्दै भावी यूवा पुस्तालाई स्वस्थ्य, सुरक्षीत, मर्यादित र स्वच्छ बातावरण श्रृजना गर्दैे दिगो आर्थिक तथा समाजिक बिकासमा योगदान पुर्याउने रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।