१२ जेठ, जनकपुरधाम । महोतरीको मटिहानी नगरपालिकामा महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सरसफाइ र महिनाबारी स्वच्छता बारेमा अभिमूखिकरण दिईएको छ ।
प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले सो पालिकाका वडा १, ७ र ९ मा यु.एस.ए.आइ.डि को आर्थिक सहयोगमा तथा मटिहानी नगरपालिकाको समन्वयमा “यु एस ए आइ डि लोकल वर्कसः महोत्तरी“ परियोजना अन्र्तगत महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सो अभिमुखीकरण दिएको हो ।
समुदायका गर्भवती महिला, सुत्केरी आमा, बालबालिका र तिनका परिवार तथा किशोरीहरुलाई सरसफाइ र महिनाबारी स्वच्छता बारेमा अभिमूखिकरण गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको परियोजनाका व्यबस्थापक प्रसिद्व पोख्रेलले बताएका छन ।
अभिमूखिकरण कार्यक्रममा मटिहानी नगरपालिकाका ३३ जना स्वास्थ्य स्वयम सेविकाहरु सहभागी थिए । अभिमुखीकरण पश्चात महिला स्वास्थ्य स्वयम सेविकाहरुले स्वस्थ्य आमा समूहमा कम्तिमा २७ वटा सरसफाइ र महिनाबारी स्वच्छता बारेमा छलफल कार्यक्रम संचालन गर्ने छन ।
मटिहानी नगरपालिका स्वास्थ्य शाखाका संयोजक पवन मण्डलको अध्यक्षता तथा स्वास्थ्य कार्यालय महोत्तरीका कार्यालय प्रमुख भोला यादबको प्रमुख आथित्यमा सो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।