११ वैशाख, चितवन । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।
रविले १४९२ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११३३ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।
बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।
यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् ।
पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ११४६ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १११७ मत पाएका छन् ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५३८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ मत पाएका छन् ।