होली पर्वः कतै आज मनाईदै, कतै भोलि त कतै पर्सिमात्र

२२ फागुन, जनकपुरधाम । पहाडी जिल्लाहरुमा आज होली धुमधामका साथ मनाईदै छ । होलीको रमझम कतै चलिरहेको छ भने कतै मनाउने तयारी हुँदैछ । हिमाली तथा पहाडी जिल्लामा सोमबार होली मनाईदै छ । तराई मधेसमा भने भोली मंगलबार होली मनाइँदैछ । अझ, मिथिला क्षेत्रमा पर्सी अर्थात बुधबार मात्र होली मनाइने भएको छ ।

होलीलाई खुशी, सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वका रुपमा लिइन्छ तर यही पर्व मनाउने सन्दर्भमा सिङ्गो देश विभाजित जस्तो देखिन्छ । होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व भएकाले यसलाई ‘फागु पूर्णिमा’ पनि भन्ने गरिएको हो ।

तर, तराई मधेसमा भने यसलाई ‘होली’ भनिन्छ । तराई क्षेत्रमा यो पर्व प्रतिपदाका दिन मनाउने गरिन्छ । पर्व एउटै भए पनि फरक फरक दिनमा किन मनाइन्छ होली भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल फरक–फरक दिनमा होली मनाइनुको कारण बुझ्नु अघि होली किन मनाउन थालियो भन्नेबारे बुझ्न जरुरी रहेको बताउँछन् ।
पौराणिक मान्यताअनुसार त्रेता युगमा हिरण्यकश्यपु नाम गरेका राक्षसका छोरा प्रह्लाद भगवान् विष्णुको भक्त रहेको र हिरण्यकश्यपुलाई यो कुरा मन नपरेपछि आफ्नी बहिनी होलिकामार्फत प्रह्लादलाई अग्निमा जलाएर मार्ने योजना बनाएका थिए । अग्निमा नजल्ने वरदान पाएकी होलिकाले प्रह्लादलाई आफ्नै काखमा राखेर अग्निकुण्डमा बस्ने योजना बनाइन् । तर, अग्निकुण्डमा बस्नासाथ होलिका जलेर मरेको तर प्रह्लाद सकुशल रहेको मान्यता छ । फागुन शुक्ल पूर्णिमाको रातमा राक्षसरुपी होलिका दहन भएको र सोही दिनको सम्झनास्वरुप फागुन पूर्णिमामा रङ खेलेर खुशी आदानप्रदान गर्ने परम्परा सुरु भएको पण्डित पोखरेलको भनाइ छ ।

यस्तै, फागुन शुक्ल पूर्णिमा कै दिन द्वापर युगमा भगवान कृष्णलाई मार्न भनेर कंशले राक्षसरुपी पुतनालाई पठाएको र पुतनाले मान रुप धारण गरेर कृष्णलाई स्तनपानमार्फत विष पिलाएर मार्न खोज्दा पुतना आफै गरेको पौराणिक मान्यता पनि रहेको उनले सुनाए । भारतको मथुरा क्षेत्रमा भएको सो घटनाको सम्झना र पुतना मारिएको खुशीयालीमा मथुरा र आसपासका क्षेत्रमा होली मनाउन थालिएको र यो परम्परा विस्तार हुँदै गएको उनको भनाइ छ ।

पण्डित पोखरेलका अनुसार पुतना पूर्णिमाको रात मारिएकी हुनाले त्यसको खुशी भोलिपल्ट मनाउनुपर्छ भनेर मथुरा लगायत भारतका अन्य क्षेत्रमा प्रतिपदाका दिन होली खेल्ने गरिएको हो । यो परम्परामा टेकेर तराई मधेसमा पनि प्रतिपदाका दिन होली खेल्ने गरिएको उनले बताए ।

उनले भने, ‘एउटा कालखण्डमा एउटा बुझाइ भयो । पूर्णिमाका दिन भएको कुराको उत्सव पूर्णिमामै मनाउनु पर्छ भन्ने एउटा पक्ष र पूर्णिमामा भएको घटनाको खुशीयाली भोलिपल्ट पो मनाउनुपर्छ भन्ने अर्को पक्षको मान्यताका कारण बेग्लाबेग्लै दिन होली मनाउन थालिएको हो ।’

त्यसो त, तराई मधेसमै पनि मिथिला क्षेत्रको आफ्नै संस्कृति र परम्परा छ । मिथिला संस्कृतिका जानकार डा. रामभरोस कापडी ‘भ्रमर’का अनुसार मिथिला क्षेत्रमा भने परिक्रमा यात्राका आधारमा होली मनाउने गरिन्छ । फागुन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने १५ दिने परिक्रमा यात्रा पूर्णिमामा टुंगिन्छ ।

धनुषाको हनुमाननगरबाट सुरु हुने परिक्रमा यात्रा भारत बिहारको कल्याणेश्वर, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै कञ्चनवन पुग्दछ । कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको सुरुवात भएको मानिन्छ । यद्यपि अन्तगृह परिक्रमा गरेको भोलिपल्टमात्र विशेष रुपमा होली खेलिन्छ । धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल, कल्याणेश्वर हुँदै जनकपुरधाम पुगेर परिक्रमा यात्री रात्रीकालीन विश्राम गर्छन् । त्यसैको बिहान पल्ट फागुन पूर्णिमाका दिन परिक्रमा यात्रीले जनकपुरको अन्तगृह परिक्रमा पूरा गरेपछि भोलिपल्ट होली मनाइने उनले बताए ।

होली मनाउने धार्मिक र ऐतिहासिक जग एउटै भए पनि संस्कृति फरक रहेको डा. कापरको भनाइ छ । उनका अनुसार जकपुरधाममा मध्यमा परिक्रमा भनेको त्यतिबेलाको मिथिला राज्यको परिक्रमा हो भने अन्तगृह परिक्रमा भनेको दरवारको परिक्रमा हो ।

उनले भने, ‘मिथिलामा अन्तगृह परिक्रमा नभइ होली खेल्ने परम्परा छैन ।’ अन्तगृह परिक्रमा मंगलबारमात्र हुने भएको छ । त्यसैले यस वर्ष मिथिला क्षेत्रमा बुधबार मात्र होली खेलिने उनले बताए ।

पर्व एउटै भए पनि आ–आफ्नो क्षेत्रको आ–आफ्नै संस्कृति र मान्यता हुने भएकाले सोही अनुसार फरक तिथिमा होली मनाउने गरिएको उनको भनाइ छ ।

Related posts:

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय

धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्‍यो नयाँ आन्दोलन घोषणा

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ

माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

एकैदिन तोलाको ७५ सय घट्यो सुन

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै

उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर

भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो

सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार

तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ

राप्रपाको सभा बल्खुमा हुने

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

३ सय किलो गाँजासहित कार चालक पक्राउ

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?

पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ

संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा

जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै

२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *