Post Views: 128
१ माघ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकले ज्यान गुमाएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको मृत्यु भएको हो ।
उनीहरुका १० महिनाको छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए ।
उनीहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए । ‘ट्रमा सेन्टरले मात्रै चिकित्सक गुमाएन । नेपाल सरकारको कन्सल्टेन्ट सर्जन गुमाउँदा राज्यलाई समेत ठूलो घाटा भएको छ’, सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले भने, ‘हामीले देशकै एक कुशल र अर्थोपेडिक तथा स्पाइन सर्जन गुमाएका छौं ।’
डा. मरासिनीले थपे, ‘उहाँ एक अनुशासित र इमान्दार चिकित्सक हुनुहुन्थ्यो । उहाँ जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि धैर्यपूर्वक काम गर्ने चिकित्सक हुनुहुथ्यो ।’
सहकर्मी डा. खुल्दिप मंगल जोशीका अनुसार डा. श्रेष्ठ मिलनसार थिए । उनी एमबीबीएस पढ्दादेखि नै पढाइमा अब्बल थिए ।
‘उहाँ झर्केको, रिसाएको या कसैसँग नराम्रो व्यवहार गरेको मैले कहिले थाहा पाइन । सबैलाई सहयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो । पढाइमा अब्बल हुँदा पनि उहाँमा कहिले घमण्ड आएन’, डा. जोशीले सुनाए ।
शनिबार किष्ट मेडिकल कलेजमा भएको स्पाइनको कार्यक्रममा पनि डा. जोशी डा. श्रेष्ठसँगै सहभागी थिए । ‘हिजो बेलुका मात्रै हामी सँगै थियौं । म एक दुई दिन बिदामा पोखरा घरमा जान्छु भन्नुभएको थियो’, डा. जोशीले भने, ‘तर, बिहान यस्तो घटना भएको सुनियो । राज्यले एक अब्बल चिकित्सक गुमाएसँगै मैले प्रिय सहकर्मी गुमाए ।’
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गरेका थिए । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।
उनी साथीहरुसँग पोखरामै फर्किएर स्पाइन सर्जरी सेवा दिने सोच रहेको बताउने गरेको डा.जोशी बताउँछन् । स्पाइन सर्जरी सम्बन्धी फेलोसिपमा उनी सिंगापुर जाने तयारीमा थिए ।
डा. सुशीलकी पत्नी डा. दिवारक भने बच्चा जन्मिएपछि काम छाडेर बसेकी थिइन् । उनले चितवन मेडिकल कलेजबाट एमबीबीएस पास गरेकी थिइन् । उनी विशेषज्ञ चिकित्सकका लागि तयारी गरिरहेकी सुशीलका साथी डा. जोशीले जनाकारी दिए ।
डा. सोनाले त्यसका लागि चिकित्सा शिक्षा आयोगले हालै लिएको एमडी/एमएसको एकीकृत प्रवेश परीक्षा दिएकी थिइन् । जुन परीक्षा उनले पास गरिसकेकी थिइन् र कलेज छान्न मात्रै बाँकी रहेको थियो । तर, दुर्घटनामा निधन भएसँगै विशेषज्ञता हासिल गर्ने डा. सोनाको सपना पनि अधुरै भएको छ ।
Related posts:
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू
निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल
गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्ले थाले अध्ययन
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान
पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय
धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्यो नयाँ आन्दोलन घोषणा
अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने
इनारमा गाडी खस्दा १२ जनाको मृत्यु
ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ
माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा
१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
एकैदिन तोलाको ७५ सय घट्यो सुन
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ
राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा
पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै
उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर
भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि
अझै बढ्यो सुनको भाउ, तोलाको कति ?
अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु
विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो
सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार
तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ
राप्रपाको सभा बल्खुमा हुने
शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा
मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने
जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय
राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने
३ सय किलो गाँजासहित कार चालक पक्राउ
तने बोडीमा देखियो ९२ प्रतिशत विषादी
पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?
पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण
विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ
संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप
राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड
ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा
जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट
ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने