प्रभु र ग्लोबल आईएमई बैंंकको सेवा बन्द

२४ पुस, काठमाडौं । मर्जरको लागि डाटा माइग्रेसनका लागि प्रभु बै‌क र ग्लोबल आईएमई बैंंकले सेवा बन्द गर्दा शेयर बजारसमेत प्रभावित हुने भएको छ ।

धितोपत्र बजारमा सेटलमेन्ट बैंकको रुपमा काम गरिरहेका प्रभु र ग्लोबल आईएई दुवै बैंकको बैंकिङ कारोबार बन्द हुँदा सेयर सेयर बजार समेत प्रभावित हुने भएको हो ।

क्लियरिङ बैंकको रुपमा काम गरिरहेको ग्लोबल आईएमई बैंकले मर्जरका कारण आइतबार बैंकिङ कारोबार बन्द गरेको छ । बैंक अफ काठमाडौंसँग मर्जरमा जान लागेको ग्लोबल आईएमई बैंकले सोमबारदेखि एकीकृत कारोबार सुरु गर्दै छ ।

सेञ्चुरी बैंकसँग मर्जरमा जान लागेको प्रभु बैंकको भने मंगलबार बिहानसम्म सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने जनाएको छ ।

प्रभु र ग्लोबलसँगै सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक गरी चारवटा बैंकले क्लियरिङ बैंकको काम गर्दै आएका छन् । सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट बैंकले भने क्लियरिङ सेवा खासै प्रवाह नगरेको हुँदा ग्लोबल आईएमई र प्रभु बैैंकको सेवा प्रभावित हुँदा कारोबारको राफसाफ प्रभावित हुने धितोपत्र दलाल व्यवसायी नरेन्द्र सिजापति बताउँछन् ।

‘शेयर कारोबार हुन्छ तर, राफसाफ गर्न समस्या हुन्छ, अन्य बैंक मर्जरमा जाँदा सेयर कारोबार गरेको रकम भुक्तानीमा केही समस्या भएको थियो,’ उनले भने, ‘यो पटक क्लियरिङ बैंक दुबैको एकसाथ कारोबार बन्द हुँदा राफसाफमा समस्या हुन्छ ।’

कुनै लगानीकर्ताले अत्यावश्यक भएर आज भुक्तानी पाउनेगरी सेयर बिक्री गरेको भए उसले रकम पाउने नसक्ने उनले बताए ।

आम सेयर लगानीकर्ताले भने बोर्डले ‘टी प्लस २’ मा सेटलमेन्ट र तेस्रो दिनमा राफसाफ गर्नुपर्ने व्यवस्था गरेपछि मर्जर हुँदा उक्त व्यवस्था प्रभावित हुनु बजार सञ्चालक र नियामक दुबैको गैरजिम्मेवार भएको आरोप लगाइरहेका छन् । ‘सेयर कारोबारको सेटलमेन्ट गर्ने भनेको ब्रोकर, नेप्से र सीडीएससीको सहित करिब ५५ वटा खाताको काम गर्न नसक्ने भन्ने कुरा हुँदैन,’ धितोपत्र बजारको जानकार एक अधिकारी भन्छन्, ‘बजारको सेटलमेन्ट र राफसाफ प्रभावित हुन भनेको धितोपत्र बजारप्रतिको विश्वसनियता घट्दै जानु हो ।’

नेपाल धितोपत्र बोर्डको प्रवक्ता मुक्तिनाथ श्रेष्ठ यसको लागि वैकल्पिक व्यवस्था हुनुपर्ने बताउँछन् । ‘मर्जरको कारण बैंकका बैंकिङ कारोबार प्रभावित भयो भनेर सेटलमेन्ट र राफसाफ प्रभावित हुने भन्ने कुरा हुँदैन त्यसमा वैकल्पिक व्यवस्था हुनुपर्छ ।’

बोर्डका प्रवक्ता श्रेष्ठले सेटलमेन्ट प्रभावित नहुने तर, सेयर कारोबार गर्नेले पाउने भुक्तानीमा भने समस्या हुने बताए ।

सीडीएससी एण्ड क्लियरिङ लिमिटिडेका प्रवक्ता सुरेश न्यौपाने केही प्राविधिक समस्या भए पनि सेटलमेन्ट नै प्रभावित हुने अवस्था नआउने बताउँछन् । तर, कारोबारको राफसाफमा भने समस्या हुनसक्ने उनले बताए । ‘सेटलमेन्ट खाता मात्रै नभएर ब्रोकको रेगुलर खाता पनि सोही बैंकमा हुँदा आइतबार र सोमबार राफसाफमा समस्या हुन्सक्छ,’ उनले भने, ‘सेटलमेन्ट हुन सक्छ कि सक्दैन भन्नेमा हामी बढी फोकस भएका छौं । दुइवटा बैंकको माइग्रेसन छ भन्दैमा सेयर बजार बन्द हुने अवस्था आउनु हुँदैन त्यसको लागि बैंकल्पिक व्यवस्था गर्नुपर्छ भन्ने रहन्छ ।’

अन्य बैंकिङ कारोबार नभए पनि कनेक्ट आईपीएस चल्छ भनेर क्लियरिङ बैंकसँग प्रारम्भिक छलफल भने भएको उनले बताए । प्राविधिक समस्या भने हुनसक्ने उनको भनाइ छ ।

Related posts:

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु

मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु

वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता

कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता

सुनको भाउ हालसम्मकै उच्च

तोलामा १४ सय बढ्यो सुन

जनकपुरको मुस्कान अस्पतालमा ताल्चा

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ

सुनको भाउमा नयाँ किर्तिमान

विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?

सुनको भाउमा समान्य गिरावट

COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण

आगोमा जलेर एक जनाको मृत्यु

चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

Leave a Reply

Your email address will not be published. Required fields are marked *