नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीद्धारा चारवटा गोदाममा छापा

१ पुस, वीरगञ्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज–१० मा रहेका चारवटा गोदाममा छापा मारेर भन्सार छलीका ३५ लाख बराबरका सामान बरामद गरेको छ ।

२७ मंसिरमा जनपथ र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयले राजश्व चुहावट नियन्त्रणमा संयुक्त रुपमा काम गर्न निर्देशन दिएलगत्तै सशस्त्र र नेपाल प्रहरीको टोलीले बिहीबार शंकास्पद गोदाममा छापा मारेर ठूलो परिमाणमा खाद्यान्न सामग्री बरामद गरेको हो । खाद्यान्न व्यापारीहरु विनोद गुप्ता, श्याम वर्णवाल, प्रधुम्न गुप्ता र सुजित गुप्ताको गोदाममा प्रहरीले छापा मारेको थियो । ती गोदामबाट २५ किलो दरका १ हजार १२२ बोरा चामल, १० क्वीन्टल मैदा, ग्लुकोज लगायतका सामग्री बरामद गरिएको छ ।

बरामद गरिएका सामानको मूल्य अन्दाजी ३५ लाख रुपैयाँ कायम गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । ‘सूचनाको आधारमा टोली पठायौं, आन्तरिक राजश्व र भन्सारसँग पनि समन्वय गरेका थियौं, सञ्चालकले सामानको बिल विजकहरु देखाउन सकेनन्,’ उनले भने, ‘भन्सार छलेर ल्याएको सामान हो भन्ने भएपछि बरामद गरेर भन्सारमा बुझाएका छौं ।’

खुला सीमाको दुरुपयोग गर्दै व्यापारीहरुले साइकल, मोटरसाइकलमा थोरै–थोरै परिमाणमा सिमावर्ती भारतीय बजार रक्सौलबाट खाद्यान्न लगायतका सामग्री दिनहुँ भित्राउने गरेका छन् । नेपालमा भन्दा कम मूल्यमा भारतीय बजारमा पाइने खाद्यान्न, लत्ता कपडा, औषधीजन्य सामग्री, इलेक्ट्रिक सामान, मोटरका पाटपुर्जाहरु भन्सार छलेर भित्राउने गरिन्छ । तस्करीको माध्यमबाट सामान ल्याउँदा भन्सार राजश्व पनि छलिने हुँदा व्यापारीले ती सामान बिक्रीबाट बढी मुनाफा आर्जन गर्छन् ।

वीरगञ्जको मुख्य सडकमै साइकलमा दुई, तीन बोरा चामल, आलु बोकेर ल्याउने गरेको दृश्य देख्न सकिन्छ । कतिपय तस्करले जनपथ तथा सशस्त्र प्रहरीकै मिलेमतोमा नै यस्ता अवैध गतिविधि गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर प्रहरी नायब उपरीक्षक गिरी यस्तो अरोपको खण्डन गर्छन् । ‘एक/दुई बोरा घरायसी प्रयोगका लागि ल्याएको भन्छन्, त्यसैले छोडिएको हुन्छ,’ उनले भने, ‘समातिहाले पनि घरायसी प्रयोगका लागि पनि सामन ल्याउन नदिने भनेर हल्ला गर्छन्, छोडिदिनका लागि दबाव आउँछ ।’

आलु प्याजको पनि हुन्छ तस्करी

पर्सा, बारा, रौतहट लगायत सीमा क्षेत्रबाट अवैध रुपमा दिनहुँ आलु प्याज भित्रिने गरेको छ । रक्सौल लगायत सिमावर्ती भारतीय बजारबाट साइकल मोटरसाइकलमा १ देखि ३ बोरासम्म आलु प्याज लोड गरेर ल्याएको देखिन्छ । एउटा जुटको बोरामा ५० किलो हुने गर्दछ । यसरी ल्याइएका आलु प्याज सिधै मिनाबजारका थोक तथा खुद्रा व्यापारीमा पुर्‍याउने गरिन्छ । कतिपयले गोदाममा भण्डार गरेर पछि ट्रकमा लोड गरी वीरगञ्ज बाहिर समेत पठाउने गरेका छन् ।

आलु प्याजमा १४ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको छ । भन्सार छलेर ल्याउँदा बढी फाइदा हुने भएकाले कतिपय व्यापारीले साइकलमा तस्करी गर्नेहरुसँग नै आलु लिने गरेका छन् ।

१२ वर्षदेखि आलु प्याजको व्यापार गर्दै आइरहेका वीरगञ्जका शिव जयसवारले तस्करीबाट आएको आलु सस्तोमा बिक्री हुँदा आफ्नो व्यापार घटेको गुनासो गरे । ‘वर्षमा ५० गाडी आलु प्याज बिक्री हुने गर्दथ्यो, अहिले घटेको छ,’ उनले भने, ‘वीरगञ्जमा ६ महिनादेखि निरन्तर भन्सार छलेर ल्याइएको आलु प्याज आइरहेको छ । त्यसैले वैध व्यापार खस्केको हो ।’ यस्तै अवस्था रहन गए धेरै व्यापारी पसल बन्द गर्न बाध्य हुने उनको भनाइ छ ।

वैध रुपमा कारोबार गर्दा भन्सार कर, आय कर, गाडी भाडा समेत तिनुपर्ने हुन्छ । ५० वर्षदेखि आलु प्याजकै व्यापार गर्दै आएका जगदिश प्रसाद कानुले अवैध कारोबारी बजारमा छिर्दा व्यापार खस्केकाले पसलको भाडा तिर्ने खर्च जुटाउन समेत समस्या आउन थालेको गुनासो गरे ।

Related posts:

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु

मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु

वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता

कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता

सुनको भाउ हालसम्मकै उच्च

तोलामा १४ सय बढ्यो सुन

जनकपुरको मुस्कान अस्पतालमा ताल्चा

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ

सुनको भाउमा नयाँ किर्तिमान

विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?

सुनको भाउमा समान्य गिरावट

COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण

आगोमा जलेर एक जनाको मृत्यु

चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

Leave a Reply

Your email address will not be published. Required fields are marked *