९ मंसीर, जनकपुरधाम । धनुषाका एक निजी विद्यालयले बिगत बर्ष झै यस बर्ष पनि फुड फेस्टिभलको आयोजना गरेका छन ।
जनकपुरधामका एक निजी बिद्यालय एस एम स्कुलले आयोजना गरेको फुड फेस्टिभल कार्यक्रममा बिद्यालयका कक्षा १ देखि १० सम्मका बिद्यार्थीहरुले भाग लिएका थिए ।
बिभिन्न ५ समुहमा बिभाजित भई बिद्यार्थीहरुले आ आफ्ना समुहमा बिभिन्न प्रकारका स्थानिय परिकार देखि बिदेशी ब्यञ्जनहरु समेत बनाएका थिए ।
यसरी अलग अलग समुहमा १ जना शिक्षक वा शिक्षिकालाई समेत बिद्यार्थीहरुलाई सहयोग गर्नका निम्ति राखेर बिद्यार्थीकै अगुवाईमा कार्यक्रम गरिएको छ ।
बर्षमा एक दिन हुने गरेको यस किसिमको फ्ुड फेस्टिभल आयोजनाले बिद्याथीहरुमा थप उत्साह सिर्जना गर्ने र समुहका बसेर कसरी कार्य गर्ने तथा पाक शिक्षा सम्बन्धी सिकाई दिन प्रभावकारी हुने गरेको एस एम बिद्यालयका प्रिन्सिपल दिपक ठाकुर बताउँछन । उनका अनुसार यस किसिमका शिक्षाप्रद बिषय वस्तु पहिलेको कोर्षमै राखिएकोमा अचेल नरहेपनि यस किसिमको कृयाकलापबाट बिद्यार्थीहरुलाई अनुशासित बनाउने र राम्रो सिकाई हुने थपे ।
बिद्याथीहरु स्वंयले रकम संकलन तथा आवश्यक सर सामानको बन्दोबस्त गरी बिगत केही बर्ष देखि यसरी नै यस फेस्टिभलको आयोजना गर्दै आएका छन । त्यसो त बिद्यालयले प्रत्येक शुक्रबार बिभिन्न अतिरिक्त क्रियाकलापहरु पनि गराउँदै आएको छ । बिद्यालयले यस फेस्टिभलका उत्कृष्ट हुने समुहलाई पुरस्कार समेत दिँदै आएको छ ।
यस बर्ष बिद्यार्थीहरुको थप मनोबल बढाउन धनुषा ३ को १ बाट निर्वाचित नेपाली काँग्रेसका प्रदेश सभा सदस्य राम सरोज यादव बिद्यालय पुगेका थिए । उक्त कार्यक्रमको अवलोकन पश्चात बिद्याथीहरुले तयार पारेका ब्यञ्जनको स्वाद लिदै यादवले यस किसिमको अतिरिक्त क्रियाकलापबाट बिद्याथीहरुको रुचि पहिचान गर्न सकिने र त्यसै रुचि अनुसारको शिक्षा दिक्षा दिन सके उत्कृष्ट र योग्य नागरिक उत्पादन हुने बताए । यादवले खाना तथा परिकारको प्रशँसा समेत गरे ।
त्यस्तै कार्यक्रममा उपस्थित जिवनाथ चौधरीले बिद्यार्थीलाई पढाईका अतिरिक्त बिभिन्न क्रियाकलाप गराएर शैक्षिक, खेलकुद, कला, मनोरञ्जन, नृत्य जस्ता क्षेत्रमा आवश्यक ज्ञान दिनु पर्ने बताए । यस किसिमको क्रियाकलापबाट बिद्यार्थीहरुमा क्षमता अभिबृद्धि हुने र त्यस तर्फ अगाडि बढ्न प्रेरणा मिल्ने बताए ।
उक्त फेस्टिभलमा करीब १०० जना बिद्यार्थीले भाग लिएका थिए ।
भिडियोको लागि यहाँ क्लिक गर्नुहोस ।
भिडियोको लागि तलको फोटोमा क्लिक गर्नुहोस ।