प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको सेमिफाइनलमा मधेश प्रदेश प्रवेश

२१ कात्तिक, काठमाडौं । वागमती प्रदेशसँग रोमान्चक बराबरी भएपछि मधेश प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत आफ्नो तेस्रो खेलमा मधेशले वागमती प्रदेशसँग बराबरी खेल्दै अंक बाँडेको हो । यो बराबरीले मधेशको ३ खेलबाट ५ अंक भएको छ । समूहका चारै खेल खेलिसकेको लुम्बिनी प्रदेश भने समूह चरणबाटै घर फर्किने निश्चित भएको छ । यो समूहबाट नेपाल पुलिस यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वागमती प्रदेशका लागि भने प्रधानमन्त्री कपको यो संस्करण बिर्सनलायक रह्यो । समूहका चारै खेलमा जितविहीन भएको वागमतीले १ अंकमात्र जोड्न सक्यो ।

त्रिवि क्रिकेट मैदानमा मधेशले दिएको १९१ रनको लक्ष्य पछ्याएको वागमतीले सुरुवात राम्रो गरेको थियो । तर, मध्यक्रमका ब्याट्सम्यानले जिम्मेबारी पूरा गर्न नसक्दा खेल रोमान्चक मोडमा पुगेको हो ।

अन्तिम तीन ओभर बाँकी हुँदा वागमतीलाई जितका लागि १३ रन आवश्यक थियो । वागमतीसँग २ विकेटमात्र बाँकी थियो । सूर्य तामाङ र रामनरेश गिरी क्रिजमा थिए । ४७औं ओभरको सुरुवाती दुई बलमा सूर्यले छक्का र चौका प्रहार गरेपछि वागमतीलाई जितका लागि तीन रन आवश्यक थियो ।

सोही ओभरको चौथो बलमा मधेशका प्रदीप पासवानले सूर्यलाई २८ रनको स्कोरमा विशाल शुस्लिङको हातबाट क्याचआउट गराए । अन्तिम विकेटका रुपमा रामनरेश र रिजनले थिए । वागमतीले ४९औं ओभरमा २ रन थपेपछि खेल बराबरीको अवस्थामा आयो ।

अन्तिम ओभरमा राजेश यादव बलिङका लागि आए । वागमतीलाई ६ बलमा १ रन चाहिएको थियो । पहिलो बलमा राजेशले रन बनाउन दिएनन् । दोस्रो बलमा रिजनलाई विकेटकिपर अनिल साहको हातबाट क्याचआउट गराएसँगै खेल बराबरी भयो । बराबरीकै नतिजाले पनि मधेशको सेमिफाइनल प्रवेश निश्चित बन्यो ।

त्यसअघि वागमतीका शीर्षक्रमका चार ब्याटरले राम्रो सुरुवात दिएका थिए । रित गौतम र इशान पाण्डेले ६५ रनको ओपनिङ साझेदारी गरेका थिए । रितले ३२ र इशानले ३१ रन बनाए । तेस्रो नम्बरमा आएका पृथु बास्कोटाले सर्बाधिक ४० रन बनाए । विवेक मगरले २५ रन थपे । कप्तान ज्ञानेन्द्र २ रनमै आउट भए । बलिङतर्फ मधेशका लागि प्रदीप पासवान र राजेश यादवले समान ३÷३ विकेट लिए । रुपेश सिंहले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेश ४६.२ ओभरमा सबै विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो । मधेशका लागि रोहन विकले ६३ रनको अर्धशतकीय पारी खेले । उनले ९४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । सन्तोष कार्कीले २३ र हरिशंकर साहले १३ रन बनाए ।

बलिङतर्फ वागमतीका नन्दन यादव र सूर्य तामाङले ३–३ विकेट लिए । प्रतीश जिसी र रामनरेश गिरीले २–२ विकेट लिए ।

Related posts:

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा

जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै

२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु

मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु

वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता

कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता

सुनको भाउ हालसम्मकै उच्च

तोलामा १४ सय बढ्यो सुन

जनकपुरको मुस्कान अस्पतालमा ताल्चा

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ

सुनको भाउमा नयाँ किर्तिमान

विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?

सुनको भाउमा समान्य गिरावट

COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण

आगोमा जलेर एक जनाको मृत्यु

चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *