शिवराम झा ।
१९ कातिक, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३को २ बाट प्रदेश सभाका स्वतन्त्र उम्मेदवार गौरव केसी घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।
युवा उम्मेदवार केसी चुनाव नजिकिदै जाँदा आफ्नो प्रचार प्रसारलाई तिव्रता दिएका छन । केसीले आफ्नो मतदातालाई घर घरमै पुगेर मतदान गर्न अपिल गरिरहेका छन ।
हाल गठबन्धनका उम्मेदवारबाट जनता असँतुष्ट रहेका बेला केसीले युवाहरुलाई राजनितिको मुलधारमा आउन र देश विकासको अभिभारा युवाहरुको काँधमा ल्याउन आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन ।
बिगत १८ बर्षदेखि शिक्षण पेशामा आबद्ध रहेका केसी बिगत केही बर्ष देखि सामाजिक अभियन्ताका रुपमा समेत परिचित छन । उनले बेरोजगारी, महँगी र भ्रष्टाचार न्युनिकरणका लागि आफुले उम्मेदवारी दिएको बताएका छन । साथै उनले शिक्षा र स्वास्थलाई प्राथमिकतामा राखेर जनताको सेवा गर्ने बताउँदै आफ्नो चुनाव चिन्ह रिक्सा छापमा मतदान गर्न अपिल समेत गरेका छन ।