Post Views: 212
३१ असोज, काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् ।
तर घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको उनको बयान छ । स्रोतका अनुसार पीडित भनिएकी किशोरीसँग ५ भदौमा घुम्न गएको पनि उनले स्वीकारेका छन् ।
प्रहरीले नगरकोटमा बसेको भनिएको भ्याली भ्यू रिसोर्ट र पिंगलास्थानस्थित होटल काठमाडौं इनको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज पनि उनलाई देखाएको थियो । त्यसक्रममा सन्दीपले फुटेजमा देखिएको व्यक्ति आफैं भए पनि जाहेरवालाकै अनुरोधमा त्यहाँ गएको बताएका छन् ।
उनले नगरकोटबाट फर्किएर आउँदा अबेर भएपछि जोहरवालाले नै होटलमा बसौं भनेको उल्लेख गरेका छन् । ‘उनले नै होटलमा बसौं भनेपछि बसेको हो, नत्र त्यहाँ बस्ने नियत थिएन’, लामिछानेले भनेका छन्, ‘छुट्टाछुट्टै कोठा बुक गर्न खोजे पनि त्यसदिन खाली नभएपछि कोठा नम्बर ३०५ मा नै बस्नुपरेको थियो ।’
अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको सीसी टीभी फुटेजमा पनि लामिछाने र ती किशोरी राति ११ः५५ तिर कोठामा गएको देखिएको एक अधिकृतले बताए । पीडितले २१ भदौमा दिएको जाहेरी अनुसार त्यही राति लामिछानेले उनलाई पटकपटक जबरजस्ती करणी गरेका थिए ।
पीडितले जाहेरी दिएलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएर अनुसन्धान थालेको थियो । उनले भनेको स्थानमा दुवैजना गएको प्रमाण फेला परेपछि प्रहरीले जाहेरी दर्ता गराएर अनुसन्धान थालेको थियो ।
जिल्ला अदालत, काठमाडौंले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले उनलाई निलम्बन गरेको थियो । लामिछाने त्यसबेलासम्म क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैकामा थिए ।
पक्राउ पूर्जी जारी भएपछि उनले नेपाल आएर आरोपको कानूनीरुपमा सामना गर्ने बताएका थिए । तर एक महिनासम्म उनी सम्पर्कविहीन रहे ।
नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले लामिछानेविरुद्ध डिफ्यूजन नोटिस जारी गरेपछि लामिछाने दबाबमा परेका थिए ।
अमेरिकाको फ्लोरिडामा उनलाई एफबीआई (फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन) ले लोकेट गरेपछि लामिछानेले आत्मसमर्पण गर्ने भन्दै स्ट्याटस लेखेका थिए ।
विकल्पहरु सकिएपछि लामिछाने २० असोजमा काठमाडौं आएका थिए । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनलाई पक्राउ गरेको थियो । हाल सन्दीप प्रहरी वृत्त, गौशालाको हिरासतमा छन् ।
Related posts:
पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै
उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर
भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि
अझै बढ्यो सुनको भाउ, तोलाको कति ?
अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु
विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो
सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार
तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ
राप्रपाको सभा बल्खुमा हुने
शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा
मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने
जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय
राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने
३ सय किलो गाँजासहित कार चालक पक्राउ
तने बोडीमा देखियो ९२ प्रतिशत विषादी
पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?
पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण
विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ
संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप
राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड
ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा
जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट
ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने
संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह
सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?
२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ
डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण
स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध
मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै
करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा
एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ
ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्याली ?
महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने
स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन
ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता
सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते