२८ असोज, जनकपुरधाम । सिरहाको गोलबजार नजिक सवारी दुर्घटना भएको छ ।
जनकपुरधामबाट काकडभिट्टाका लागि छुटेको बस सिरहाको गोलबजार नजिक बाटो काट्दै गरेको एउटा ट्रयाक्टरसँग ठोक्किएको हो ।
मे १ ख २३९३ नम्बरको मातृ भाग्यरेखा बसको अगाडिबाट पछाडि थ्रेसर ( बालीबाट धान, गहुँ छुटयाउने मेसिन ) जोडिएको ट्रयाक्टरले अचानक बाटो काट्न लाग्दा बस चालकले ब्रेक लिँदा लिँदै ठोक्किएको बसमा सवार एक यात्रीले जानकारी दिए ।
तिब्र गतिमा रहेको सो बस र ट्रक ठोक्किएपछि ट्रयाक्टरको पछाडि जोडिएको थ्रेसर र अगाडिको ईन्जिनको भाग छुट्टिएर २ ठाउँ पुगेको थियो ।
सो घटनामा बस चालकको सावधानीले कुनै मानविय क्षति नभएपनि यात्रुहरुलाई साधारण चोटपटक मात्र लागेको एक यात्रुले बताए ।