जसपाको उम्मेदवारलाई एमालेको समर्थन भए पनि आफ्नो सहमति नरहने प्रभु साहको भनाई

२४ असोज काठमाडौं । शनिबारसम्म नेकपा एमालेबाट आफू पक्षीय नेताहरुलाई टिकट दिलाउन संघर्षरत पोलिटब्यूरो सदस्य प्रभु साहले आइतबार रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिए । साथमा रौतहटको ६ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरे । अर्थात, साहले एमालेभित्र मधेश प्रदेशमा विद्रोह गरे ।

साहले आफू लगायतको स्वतन्त्र उम्मेदवारी मनोनयनलाई एमालेले जनता समाजवादी पार्टी (जसपा)सँग गरेको गठबन्धनलाई कारण देखाएका छन् । एमालेले दिएको टिकटलाई अस्वीकार गरे पनि उनले एमालेमै रहने बाटो भने बन्द गरेनन् । त्यसका लागि उनले स्वतन्त्र उम्मेदवारहरू त्यस्ता क्षेत्रमा मात्रै खडा गरेका छन्, जहाँ एमालेसँगको तालमेलमा जसपाले टिकट पाएको छ ।

तालमेलमा जसपाले पाएको रौतहट क्षेत्र न. २ मा किरण साह, २ को ‘ख’ मा राजन यादव, ३ ‘क’ मा केशव राय चौधरी, ३ (ख) मा कुन्दन कुशवाहा, १ को (ख) मा राजेश चौधरीलाई स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

यी क्षेत्रमा जसपाले उठाएका उम्मेदवारलाई एमालेको समर्थन भए पनि आफ्नो सहमति नभएको भन्दै साहले अस्वीकार गरेका हुन् ।

एमालेकै उम्मेदवार भएका ठाउँमा समर्थन जनाएका कारण साहलाई चुनावपछि एमालेमै सक्रिय भएर राजनीति गर्न व्यवहारतः अप्ठ्यारो हुने छैन् । ‘जायज कामको लागि रिस्क उठाएका छौं । टिकट त पार्टीको पनि थियो तर, हामीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छौं,’ साहले भनेका छन् ।

उनले एमाले अध्यक्षसँग केपी शर्मा ओलीसँग जसपासँग तालमेल नै गर्न नहुने सुझाव दिएका थिए । यसको एउटै कारण थियो– मधेशमा एमालेलाई बलियो बनाउने र त्यसको नेतृत्व आफूले गर्ने । उनले पछिल्लो समय मधेश प्रदेशमा एमाले प्रवेशको लहर नै चलाएका थिए । जसपा र लोकतान्त्रिक समाजवादीसहित अन्य पार्टीबाट समेत ठूलो संख्यामा नेता/कार्यकर्तालाई प्रवेश गराए । एमाले प्रवेशको लहर चलाउने क्रममा उनले टिकट दिलाउने आश्वासन पनि दिएका थिए ।

नेताहरुका अनुसार साह मधेश प्रदेशमा कुनै पार्टीसँग पनि चुनावी तालमेल गर्न नहुने पक्षमा थिए । तर, एमाले नेतृत्वले साहको चाहना सदर गरेन् । जसपासँग चुनावी तालमेल गर्ने निर्णय गरेर सिटसमेत बाँडफाँट गरेपछि उनले एमालेसँग विद्रोह गर्ने निर्णय गरे । यसले उनी एमालेमै रहेर आफूलाई मधेश प्रदेशको पावर सेन्टरका रुपमा स्थापित गर्न खोजेको देखिन्छ भने स्वतन्त्र उम्मेदवारीर्फत त्यसलाई मजबुत बनाउन खोजेको स्पष्ट हुन्छ ।

माओवादीको प्रस्ताव अस्वीकार

एमाले नेतृत्वले जसपासँग चुनावी तालमेल गर्ने भएपछि साह असन्तुष्ट भएको विषय माओवादी केन्द्रको शीर्ष नेतृत्वले जानकारी पाएको थियो । छोटो समयमा एमाले र जसपाबीच तालमेलको सहमति भए पनि यही बीचमा माओवादी नेतृत्वले साहलाई आफ्नो पार्टीको चिन्हबाट चुनाव लड्न प्रस्ताव गरेको थियो । स्रोतका अनुसार साहले त्यसलाई समेत अस्वीकार गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव वर्षमान पुनले गठबन्धनका उम्मेदवारलाई ‘ब्याक’ गराएर भएपनि साहले रोजेका ठाउँमा उनका उम्मेदवारलाई उठाउने आश्वासन दिएका थिए । त्यसका लागि पार्टीले अन्यत्र पाएका क्षेत्र छोड्न समेत तयार रहेको सन्देश उनीहरूले साहलाई पठाएका थिए ।

जवाफमा साहले ‘अहिले स्वतन्त्रबाट चुनाव लड्ने र चुनावपछि माओवादीमा फर्किने’ जवाफ दिएको स्रोतको दाबी छ ।

लामो समयदेखि रौतहटमा माधव नेपाल र प्रभु साहबीच राजनीतिक पकड बनाउने विषयलाई लिएर प्रतिस्पर्धा जारी छ । माओवादी केन्द्र र एमालेबीच एकतापछि बनेको नेकपाकालमा पनि नेपाल र साहबीच उक्त प्रतिद्वन्द्विता देखिन्थ्यो ।

नेकपा एकता भंग भएपछि माधव प्रचण्ड एउटै पक्षमा रहने भएपछि साहले एमाले रोजेका थिए । अहिले माओवादी नेतृत्वले गरेको प्रस्तावलाई अस्वीकार गर्नुका पछाडि पनि यही ‘फ्याक्टर’ महत्वपूर्ण हुनसक्ने देखिन्छ । किनभने निकट भविष्यमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने विषयमा छलफल चलिरहेको छ ।

स्रोतका अनुसार सिके राउतले समेत साहसँग सहकार्यको प्रस्ताव राखेका थिए । तर, उनले एमालेको समर्थनमा जसपाले उम्मेदवार उठाएका क्षेत्रमा मात्रै स्वतन्त्र उम्मेदवार उठाएर सबै विकल्पलाई अस्वीकार गरेका छन् ।

मधेशको नेतृत्व गर्ने चाहना

स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि आफूले मुद्दाको राजनीति गर्न चाहेको भन्दै उनले परिक्षणका लागि तयार रहेको बताएका छन् । ‘चुनावपछि जनता के चाहिरहेका छन् र रौतहटको जनताको ताकत के हो पनि थाहा हुन्छ,’ उनले चुनौती दिएका छन् । उनले आफ्नो प्रभाव देखाए पनि आगामी यात्राबारे प्रष्ट धारणा सार्वजनिक गराएका छैनन् ।

स्वतन्त्र उम्मेदवारी दिएका साहले आफू निकटहरूसँग मधेशले खोजेको नयाँ नेतृत्वको खाली स्थान आफूले ‘रिजर्भ’ गर्न चाहेको बताउने गरेका छन् । मधेशको राजनीतिबाट उदाएका र आफूलाई मधेशको नेतृत्व दावी गर्ने उपेन्द्र यादव र महन्थ ठाकुर यो निर्वाचनमा पराजित हुने उनको अनुमान छ ।

अब मधेसमा नेतृत्वको खोजी हुँदा स्वतन्त्रको ताकतसहित आफू ‘पावर सेन्टर’ का रूपमा उदाउने दावी साहले गरिरहेका छन् । यादव नेतृत्वको जसपा र ठाकुर नेतृत्वको लोसपाले स्थानीय निर्वाचनमा प्राप्त जनमतलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचनमा समेत पराजित उनीहरूको पराजय हुने बुझाई राखेका छन् । पाँच दलीय सत्ता गठबन्धनलाई धोका दिएकाले यादवमाथि चुनौती थपिएको र एमाले–जसपाको मतले मात्रै उनी विजयी हुने सम्भावना नरहेको साहले बताउने गरेका छन् । साथै लोसपा अध्यक्ष ठाकुरको हकमा पनि उनले बुझाई समान छ ।

माओवादी नेता गणेश साह उनले आफूलाई मधेशमा स्थापित गर्न खोजेको र त्यो राजनीतिमा स्वभाविक भएको बताउँछन् । ‘प्रभु साहले एमालेमा पनि बार्गेनिङ गरिरहनु भएको छ । बार्गेनिङ चलिरहेकै कारण पार्टीको टिकट त्यागेर र बागी उम्मेदवार उठाउँदा पनि अनुशासनको कारबाही गरेको छैन्,’ उनी भन्छन्, ‘माओवादीसँग पनि उहाँको कुरा भएको, सहयोग माग्नुभएको भन्ने सुनिन्छ ।’

तर अर्को पार्टीमा रहेर स्वतन्त्रको नाममा बागी उठेका उम्मेदवारहरूलाई माओवादी केन्द्रले सहयोग नगर्ने उनी बताउँछन् ।

Related posts:

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

आज बिहानको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु, ३८ जना घाइते

मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पाँचदिन अघि बेपत्ता भएका इँटा व्यवसायीको शव गाडेको अवस्थामा फेला

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

स्वास्थ्य चौकीबाट ३ सेट कम्युटर र प्रिन्टर चोरी

एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले पार्टी घोषणा गर्ने

आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुग्यो

कर्मचारी सचेत नहुँदा अधिकांश पालिकाका वेबसाइट ह्याक

एन प्याबसनको आग्रहमा संस्थागत बिद्यालयहरुले आज तुलसी पूजन दिवस मनाउँदै

गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

एन प्याबसन जनकपुरले भोली बिद्यालयहरुमा बिबिध कार्यक्रम गरी तुलसी पूजन मनाउने

ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ

नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा एक जना पक्राउ

टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी

दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला

डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

नेपालमा बैंक लुटपाटमा संलग्न भारतीय लुटेरा पक्राउ

सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने

विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

सुदूरपश्चिम द्धारा जनकपुर सामु १२४ रनको लक्ष्य प्रस्तुत

स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला

दलान नेपालद्धारा लक्ष्मीनिया गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

अयोध्याबाट नेपाल आइपुगे ५०० जन्ती, आज धनुषयज्ञ (भिडियो सहित)

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै (भिडियो सहित)

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सको विजयी सुरुवात

कुशवाहाको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा

तिस दिनभित्र माग सम्बोधन हुने शर्तमा भोलीदेखि निजी बिद्यालयहरु खुल्ने

सुनको मूल्य करीब १६ हजारले घट्यो

पालिकाको आग्रहलाई बेवास्ता गर्दै संस्थागत बिद्यालयहरु बन्द राख्ने निर्णय, खोलाईदिन जनकपुरवासीसँग अपि...

बिद्यालय नखोले कारबाही गर्ने पालिकाको चेतावनी, बन्द यथाबत राख्ने संगठनको अडान कायमै

यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

आईपीओ निष्कासन नहुँदा ७७ कम्पनी पाइपलाइनमा (कम्पनीको नाम र शेयर संख्या सहित)

अधिकांश सिमेन्ट उद्योगहरू संकटमा, नेपालमा ६० सिमेन्ट उद्योग रहेकामा ४५ वटाले उत्पादन रोके

बिहिबार देखि धनुषाभरिका बिद्यालय बन्द गर्नेछौः एनप्याबसन

चेक बाउन्स मुद्दामा २ वर्ष कैद सजाय पाएका फरार गुन्डा नाइके लामा पक्राउ

भोली सोमबारदेखि सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिने

दक्ष युवा परियोजनाको डोनर्स भिजिट सफलतापूर्वक सम्पन्न

विश्वकै छैटौं प्रदूषित सहर काठमाडौं

मधेश प्रदेशका सम्पुर्ण निजी बिद्यालय संघर्षको बाटो रोज्न बाध्य हुने एनप्याबसनको चेतावनी

ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते

सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निजी बिद्यालयका संघ संगठनको चेतावनी

सुनको मुल्य ओरालो लाग्दै

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

छात्रबृति पाएका बिद्यार्थीहरुबाट लिईएको शुल्क कुनै पनि हालतमा फिर्ता गर्दैनौः निजी बिद्यालय

काठमाण्डौ विमानस्थलबाट ५ किलो सुनसहित ३ जना पक्राउ

अमेरिकामा राष्ट्रपति छनौटका लागि आज मतदान हुँदै

काठमाडौंमा बिहानैदेखि वर्षा, हवाइ उडान पनि प्रभावित

अहिलेसम्म मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न बेवास्ता गर्दै

यस्तो छ भाईटिकाको शुभ साईत

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश

धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

१७ जिल्लाको सीडीओ हेरफेर (सूचीसहित)

रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

पोखरा पुगेर घुमघामको फोटो नहाल्न रास्वपाको कार्यकर्तालाई चेतावनी

मितेरी सहकारी प्रकरणमा प्रहरीले ईन्टरपोलको सहयोग लिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *