१५ असोज, जनकपुरधाम । रजत जयन्तीको अवसरमा ब्रम्हर्षी समाज जनकपुरधामले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जनकपुरधाम र रक्तसञ्चार केन्द्रको संयुक्त सहयोगमा समाजद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जिवनाथ चौधरी तथा महोतरी गाउँपालिकाका अध्यक्ष दिलिप पाण्डेको बिशेष आतिथ्यमा सम्पन्न सो रक्तदान कार्यक्रममा ४२ जनाले रक्त दान गरेको आयोजक संस्थाले जनाएको छ ।
ब्रम्हर्षी समाज केन्द्रीय कार्यालय जनकपुरधामले २५ वर्ष पुरा गरेको अवसरमा दुई दिने रजत जयन्ती समारोहको आयोजना समेत गरेको छ ।
समाजले पहिलो दिन आज रक्तदान कार्यक्रमको आयोजना गरिएको र दोस्रो दिन आइतबार मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरिने जनाएका छन् ।