२० साउन, जनकपुरधाम । स्वदेशमै निर्मित राखी प्रयोग गर्नुपर्ने सन्देश दिन जनकपुरधामको एक बिद्यालयमा राखी बनाउने प्रतियोगिता सम्पन्न भएको छ ।
धर्म र संस्कृतिको जगेर्ना तथा स्वदेशमै आफैले उत्पादन गरेको घरेलु राखी प्रयोगमा ल्याउन जोड दिने उद्येश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
अरुमाथि भर नपरौ, आफ्नै हाथले निर्मित राखी प्रयोग गरौ नारा दिएर सन्देश दिन खोजेको बिद्यालयका संचालक दिपक ठाकुरले बताएका छन ।
स्थानिय एक निजी बिद्यालयमा सम्पन्न प्रतियोगितामा राखी बनाउनका लागि चाहिने आवश्यक सामाग्री बिद्यार्थीहरुले स्वँय ब्यबस्था गरेका थिए ।
कक्षा १ देखि १० कक्षासम्मका बिद्यार्थीहरु सहभागी भएको उक्त प्रतियोगितामा राखी बनाउनका लागि निर्घारित १ घण्टा समय तोकिएको थियो ।
प्रतियोगिताबाट उत्कृष्ट राखी बनाउने ३ जना बिद्यार्थीलाई छनौट गरी क्रमशः प्रथम, द्धितिय र तृतियलाई पुरस्कार समेत दिईने प्रतियोगिता निर्णायक समितिले जनाएका छन ।
नतिजा भने आईतबार मात्र प्रकाशित गरिने प्रतियोगिता सम्पन्न भएको बिद्यालय एस. एम स्कुलका संयोजक शिवराम झा ले जनाएका छन् ।