१ साउन, काठमाडौं । माल्दिभ्समा भएको ५४ औं एसियन फिजिक्स च्याम्पियनसिपमा नेपालले कांस्य पदक जितेको छ । राजु राईले १७० सेमी समूहमा कांश्य पदक जितेका हुन् ।
एपीएफका उदीयमान खेलाडी राई जिम्न्यास्टिकका खेलाडी हुन् । उनले सातौं र आठौं दुवै राष्ट्रिय खेलकुदमा समान सात स्वर्ण र एक रजत पदक जितेका थिए ।
माल्दिभ्समा शुक्रबार सुरु भएको सप्ताहव्यापी प्रतियोगितामा २४ देशका ४०० खेलाडी सहभागी छन् ।