२२ जेठ, जनकपुरधाम । जुन ५ अर्थात, विश्व वातावरण दिवस । विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी नेपाल सहित बिश्वभरि मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।
नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन ः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।
यसै अवसरमा विभिन्न संघसंस्थाहरूले बृक्षारोपण गरेर तथा सरसफाइ कार्यक्रमको आयोजना गरी भब्यताका साथ यस दिवसलाई मनाई रहेका छन् ।
यसैबीच जनकपुरधामस्थित एस.एम.स्कुल तथा क्याम्पसले पनि विद्यालय परिसरमा वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाएका छन ।
विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल दिपक कुमार ठाकुरको नेतृत्व तथा मैथिलि विकास कोषका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य जिवनाथ चौधरीको प्रमुख आतिथ्यमा वृक्षारोपण गरिएको छ ।
बृक्षारेपण गर्दै चौधरीले वातावरण संरक्षणका लागि बोटबिरुवा अति आवश्यक रहेको र यसले प्राणवायु प्रवाह गर्ने भएकोले विरुवालाई संरक्षण गर्दै नयाँ विरुवा ठाउँठाउँमा रोप्नु हामी सबैको दायित्व रहेको बताएका छन । यस प्रकारको कार्यक्रमले बालबालिकामा समेत सकारात्मक प्रभाव पर्ने भन्दै सबैले बृक्षारोपण गरी वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समाजसेवी वैद्यनाथ साह, रामानन्द युवा क्लवका अध्यक्ष मनमोहन साह, उपाध्यक्ष आशुतोष झा, अभियानि दिपक चौधरी लगायत बिद्यालयका बिद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।