Post Views: 239
१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण सम्बन्धी सरकारका सबै काम बदर गरेसँगै विमानस्थल आयोजनाका लागि अहिलेसम्म खर्च भएको साढे ३ अर्ब रुपैयाँ खेर गएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार विमानस्थल आयोजना सुरु भएयता साढे तीन अर्ब रुपैयाँ खर्च भइसकेको छ । ‘यो एक दूर्भाग्यपूर्ण फैसला हो,’ उनले भने, ‘२०५१ सालमा देशभर गरिएको विस्तृत अध्ययनबाट टुंगो लागेको स्थानमा आयोजना नबनाउनु भन्नासाथ यसको तयारीका लागि भएको साढे ३ अर्ब रुपैयाँ भन्दा माथिको खर्च खेर जानेछ ।’
ती अधिकारीका अनुसार विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएका ११० बिघा जग्गाको मुआब्जामा ठूलो रकम खर्च भएको छ । विमानस्थलले चर्चेको चार किल्ला भित्रका लागि संरचना निर्माण, वातावरणीय प्रभाव अध्ययन, गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन निर्माणका क्रममा उक्त रकम खर्च भएको हो । यस विमानस्थल परियोजना भित्र सीमाना छुट्याउन ५०/५० मिटरमा कंक्रिटको पोल बनाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निजगढ विमानस्थलका लागि सरकारले २०७१/७२ बाट बजेट छुट्याउन थालेको हो । सो आवमा ५० करोड रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७२/७३ मा ५० करोड र आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब रुपैयाँ विनियोजन भएको थियो । त्यसयता हरेक वर्ष भएको खर्च साढे ३ अर्ब रुपैयाँ नाघ्ने ती अधिकारीले जानकारी दिए ।
प्राधिकरणले अब के गर्छ ?
सर्वोच्च अदालतको फैसलासँगै आयोजनासँग सम्बन्धित विभिन्न कामका लागि अगाडि बढेका ठेक्काहरु समेत प्रभावित हुनेछन् । अब सर्वोच्च अदालतको पूर्ण फैसला आएपछि तालुक मन्त्रालयसँग छलफल गरी प्राधिकरणले आवश्यक निर्णय गर्ने उनले जानकारी दिए । ‘हामी अहिले केही भन्न सक्दैनौं,’ उनले भने, ‘अब पूर्णपाठ आएपछि यसबारे सरकारसँग परामर्श लिएर अगाडि बढ्छौं ।’
यो विमानस्थलका लागि २०७१ सालमा चार किल्ला तोक्ने निर्णय भई राजपत्रमा प्रकाशित भएको थियो । विमानस्थल क्षेत्रले कुल ११ हजार ८७५ बिगाहा क्षेत्रफल चर्चेको छ । यसमध्ये ११० बिगाहा क्षेत्रफल निजी स्वामित्वमा रहेका अधिग्रहण गर्ने निर्णय गरेको थियो ।
आर्थिक वर्ष २०७२/७३ बाट कार्यक्रम स्वीकृत भई आयोजना सुरु गरी तयारीका काम प्रारम्भिक तीन वर्षमा पूरा गर्ने योजना थियो । विस्तृत डिजाइनसहितको तयारीको काम पूरा गरी त्यसपछिको चार वर्षमा सक्ने योजनासहित आयोजना अगाडि बढेको छ ।
कसरी सुरु भएको थियो यो आयोजना ?
२०५१ सालमा नेपाल सरकारले नेप्को/आईआरएडीमार्फत नेपालभर ८ वटा वैकल्पिक क्षेत्रको पूर्वसम्भाव्यता अध्ययन गराएको थियो । सोही अध्ययनले वैकल्पिक क्षेत्रको भौगोलिक अवस्थिति, धरातलीय बनावट, हवाई क्षेत्र, धावनमार्गको आगमन तथा अवतरण गर्ने एयर रुटको अवस्था, मूख्य शहरको दूरी, हवाई मार्ग, हवाई क्षेत्र, सडकको पहुँच, जग्गा अधिग्रहणमा लाग्ने खर्च, जमिनको उपलब्धता, जंगल क्षेत्रको घनत्व, नदी नियन्त्रण, निर्माण सामग्रीको उपलब्धता, पुनर्वास गर्नुपर्ने जनसंख्या जस्ता तत्वको आधारमा यो क्षेत्र छनोट गरिएको प्राधिकरणले स्वेतपत्रमा लेखेको छ ।
१८ पुस २०६४ मा सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रको लगानी बुट मोडलमा गर्ने गरी नीतिगत निर्णय गरेको थियो । सोही अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६५ सालमा कोरियन कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडबीच परियोजनाको विस्तृत सम्भाब्यता अध्ययन गर्न सम्झौता भएको थियो ।
११ महिनाको समय लगाएर यो कम्पनीले प्रतिवेदन सरकारलाई बुझाएको थियो । यो प्रतिवेदन सरकारले बुझेपनि यसको हिसाबकिताब भने अझै भएको छैन । सोही कारण सरकारलाई यो प्रतिवेदनवापत त्यस समयमै लागेको थप ३० करोड रुपैयाँ बराबरको लागत अतिरिक्त भार पर्नेछ ।
Related posts:
चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन
काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते
बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या
घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे
माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर
लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन
मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु
आज बिहानको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु, ३८ जना घाइते
मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पाँचदिन अघि बेपत्ता भएका इँटा व्यवसायीको शव गाडेको अवस्थामा फेला
सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो
विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय
स्वास्थ्य चौकीबाट ३ सेट कम्युटर र प्रिन्टर चोरी
एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले पार्टी घोषणा गर्ने
आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुग्यो
कर्मचारी सचेत नहुँदा अधिकांश पालिकाका वेबसाइट ह्याक
एन प्याबसनको आग्रहमा संस्थागत बिद्यालयहरुले आज तुलसी पूजन दिवस मनाउँदै
गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु
एन प्याबसन जनकपुरले भोली बिद्यालयहरुमा बिबिध कार्यक्रम गरी तुलसी पूजन मनाउने
ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ
नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा एक जना पक्राउ
टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु
सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी
दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला
डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु
स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
नेपालमा बैंक लुटपाटमा संलग्न भारतीय लुटेरा पक्राउ
सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने
लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत बिदेह र जनकनन्दनीमा सडक नाटक प्रदर्शन
विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य
सुदूरपश्चिम द्धारा जनकपुर सामु १२४ रनको लक्ष्य प्रस्तुत
स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु
झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला
दलान नेपालद्धारा लक्ष्मीनिया गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान
अयोध्याबाट नेपाल आइपुगे ५०० जन्ती, आज धनुषयज्ञ (भिडियो सहित)
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै (भिडियो सहित)
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सको विजयी सुरुवात
कुशवाहाको हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा
तिस दिनभित्र माग सम्बोधन हुने शर्तमा भोलीदेखि निजी बिद्यालयहरु खुल्ने
सुनको मूल्य करीब १६ हजारले घट्यो
पालिकाको आग्रहलाई बेवास्ता गर्दै संस्थागत बिद्यालयहरु बन्द राख्ने निर्णय, खोलाईदिन जनकपुरवासीसँग अपि...
बिद्यालय नखोले कारबाही गर्ने पालिकाको चेतावनी, बन्द यथाबत राख्ने संगठनको अडान कायमै
यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
आईपीओ निष्कासन नहुँदा ७७ कम्पनी पाइपलाइनमा (कम्पनीको नाम र शेयर संख्या सहित)
अधिकांश सिमेन्ट उद्योगहरू संकटमा, नेपालमा ६० सिमेन्ट उद्योग रहेकामा ४५ वटाले उत्पादन रोके
बिहिबार देखि धनुषाभरिका बिद्यालय बन्द गर्नेछौः एनप्याबसन
चेक बाउन्स मुद्दामा २ वर्ष कैद सजाय पाएका फरार गुन्डा नाइके लामा पक्राउ
भोली सोमबारदेखि सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिने
दक्ष युवा परियोजनाको डोनर्स भिजिट सफलतापूर्वक सम्पन्न
विश्वकै छैटौं प्रदूषित सहर काठमाडौं
मधेश प्रदेशका सम्पुर्ण निजी बिद्यालय संघर्षको बाटो रोज्न बाध्य हुने एनप्याबसनको चेतावनी
ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते
सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निजी बिद्यालयका संघ संगठनको चेतावनी
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
छात्रबृति पाएका बिद्यार्थीहरुबाट लिईएको शुल्क कुनै पनि हालतमा फिर्ता गर्दैनौः निजी बिद्यालय
काठमाण्डौ विमानस्थलबाट ५ किलो सुनसहित ३ जना पक्राउ
अमेरिकामा राष्ट्रपति छनौटका लागि आज मतदान हुँदै
काठमाडौंमा बिहानैदेखि वर्षा, हवाइ उडान पनि प्रभावित
अहिलेसम्म मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न बेवास्ता गर्दै
यस्तो छ भाईटिकाको शुभ साईत
साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश
धारिलो हतियार प्रहारबाट एक जनाको हत्या
१७ जिल्लाको सीडीओ हेरफेर (सूचीसहित)
रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप
पोखरा पुगेर घुमघामको फोटो नहाल्न रास्वपाको कार्यकर्तालाई चेतावनी