३० वैशाख, जनकपुरधाम । बैशाख ३० गते नेपाल भर नै भईरहेको स्थानीय निर्वाचन २०७९ मा जनकपुरधामको मतदान स्थलमा पत्रकारलाई प्रवेशमा रोक लगाईएको छ ।
जनकपुरधाम वडा नं. ७ स्थित जनकपुर युथ क्लबको प्राङ्गणमा रहेको मतदान स्थलमा पत्रकारलाई प्रवेशमा रोक लगाईएको हो ।
निर्धारित बिहान ७ बजेदेखि नै मतदान कार्य भई रहे पनि मतदाताहरु लाममा बसेको दृश्य समेत खिच्न खोज्दा सुरक्षाकर्मीले बाहिरी गेटमै रोकेर प्रवेश गर्न नदिएको मिथिला नेपाल टिभीका पत्रकारले बताए ।
मतदान स्थलको बिस्तृत रिपोर्टिङ्ग गर्न खोजेका थियौ । मतदाताहरुलाई केही समस्या छ छैन, त्यो पनि बुझ्न खोजेका थियौ । तर सुरक्षाकर्मीले निर्वाचन कार्यालयबाट अनुमति लिएर आउनु भनी छिर्नै दिएन भनी गुनासो गरे । यसरी पत्रकारलाई सुचना संकलनमा अवरोध पुरयाउनुले भित्र केही गडबड हुन सक्ने आशंका आफुलाई लागेको उनले बताए । सुचनाको हकबाट बँिचत गर्नु लोकतन्त्रको उपहास हो भन्दै उनले यस किसिमको अवरोधलाई खुलाउन प्रशासन र निर्वाचन कार्यालयले बिशेष पहल गर्नुपर्ने धारणा समेत राखे ।
यता, करेन्ट न्युज सेभेनका पत्रकारहरु समेतलाई प्रवेशमा रोक लगाउँदै समाचार संकलनमा अवरोध पुरयाईएको थियो ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै मतदान स्थलमा ४ तहको सुरक्षा ब्यवस्था राखिने बताइएको भएपनि म्यादी र नेपाल पुलिसको सुरक्षा मात्रै देखिएको थियो । सुरक्षा व्यवस्था एकदमै फितलो रहेको एक उम्मेदवारले गुनासो गरे ।
भिडियोको लागि तल क्लिक गर्नुहोस ।