२३ वैशाख, जनकपुर ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको र ती मतपत्र आजसम्ममा सबै जिल्लामा ढुवानी गरिसक्ने जानकारी दिएका हुन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनैपनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कारबाही गर्न पनि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको छ ।