६ वैशाख, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) ले राजविराज नगरपालिकाको मेयरको उम्मेदवारका लागि वर्तमान मेयरसहित दुई जनाको नाम सिफारिस गरेको छ ।
बर्तमान मेयर शम्भु यादव र उनीसँगै प्रतिस्पर्धा गरेका निकटतम प्रतिद्वन्द्वी भीमराज यादवको नाम मेयरको उम्मेदवारका लागि सिफारिस गरिएको राजविराज नगर समितिले जनाएको छ ।
२०७४ सालको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयरमा निर्वाचित शम्भु अहिले जसपामा छन् । भीमराज भने तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार भई शम्भुसँग १५ मत अन्तरले पराजित भएका थिए ।
जसपाले यी दुबै जनाको नाम सिफारिस गरेको पार्टीका जिल्ला कोषाध्यक्ष बृजमान तामाङले जानकारी दिए ।
यस्तै, उप मेयरमा तीन जनाको नाम सिफारिस गरिएको छ । रमिला साह, तपसुन प्रबीणर प्रमिला कुमारी साहको नाम प्रस्ताव गरिएको नगर उपाध्यक्ष शम्भु प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार प्रस्तावित नामलाई जिल्ला समवन्य समितिमा पठाउने निर्णय भएको छ ।