Post Views: 363
२१ फागुन, काठमाडौं । युक्रेनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले भारतसँग सहकार्यको प्रयास गरेको छ ।
युक्रेनबाट पोल्याण्ड लगायतका देशमा गएका नेपाली नागरिकहरुलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत् स्वदेश फर्काइदिन गरेको अनुरोधमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतले युक्रेनबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन केही मन्त्रीहरुसहित विमानहरू पठाएको छ । तीनै भारतीय विमानहरुमा स्वदेश फर्किन इच्छुक नेपालीहरुलाई पनि ल्याउने प्रवन्ध मिलाउने प्रयास भइरहेको हो ।
त्यसैले स्वदेश फर्किन इच्छुक नेपालीलाई नेपाली दूतावास बर्लिनको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान टिपाउन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरु स्थानान्तरण भई सीमावर्ती मुलुकहरु पोल्याण्ड, स्लोभाकिया, रोमानिया, हंगेरी र मोल्दोभामा प्रवेश गरेका गरेका छन् ।
बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनबाट सबैभन्दा धेरै ५११ जना नेपालीहरु पोल्याण्डमा गएका छन् । यसैगरी स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली प्रवेश गरिसकेका छन् । युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रुपमा सुरक्षित रहेको पश्चिम क्षेत्र तर्फ जाँदै गरेको र केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
रोमानिया सरकारले रोमानिया पुगेका नेपालीहरुलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको र त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश र्फकन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली दूतावास बर्लिनले पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ । उद्दार कार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली दूतावास र मस्कोस्थित नेपाली दूतावासलाई परिचालन गरिएको छ ।
बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का आफैं पोल्यान्ड-युक्रेन सीमा क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षित प्रस्थानमा सहयोग पुर्याउन पोल्याण्डमा खटिएका छन् ।
युक्रेनबाट बाहिरिएका नेपालीहरुलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बास र सामान्य उपचारको बन्दोबस्तसमेत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Related posts:
कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
बाबुले गरे छोरी र भतिजको हत्या
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु
मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
उमेरहदमा अड्कियो निजामती विधेयक
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू
निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल
गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्ले थाले अध्ययन
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान
पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय
धोकापूर्ण सहमति भएको भन्दै विद्यालय कर्मचारी परिषद्ले गर्यो नयाँ आन्दोलन घोषणा
अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने
इनारमा गाडी खस्दा १२ जनाको मृत्यु
ससुराको हत्या गरी भारतमा लुक्ने ब्यक्ति १५ बर्षपछि प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ
माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा
१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
एकैदिन तोलाको ७५ सय घट्यो सुन
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ
राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा
पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै
उपमहानगरपालिकाको पाठ्यपुस्तक एकरुपताका गर्ने निर्णय स्वागतयोग्य रहेको अभिभावक संघको ठहर
भारतमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र, घाइते सुरक्षाकर्मीको संख्या ३०० प्रतिशतले वृद्धि
अझै बढ्यो सुनको भाउ, तोलाको कति ?
अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु
विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकियो
सुनको भाउ फेरि उकालो, बढ्यो २ हजार
तिनकुने घटनामा पक्राउ पर्नेको संख्या १४० पुग्यो, पुनः ६ जना पक्राउ
राप्रपाको सभा बल्खुमा हुने
शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा
मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने
जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय
राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने
३ सय किलो गाँजासहित कार चालक पक्राउ
तने बोडीमा देखियो ९२ प्रतिशत विषादी
पियोर इनर्जीको आईपीओ २८ गतेदेखि खुल्ने, कस्तो छ कम्पनी ?
पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण
विराटनगरको यातायात कार्यालयबाट १२ जना पक्राउ
संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप