१७ फाल्गुन, जनकपुरधाम । ईन्टर स्कुल स्पीच कम्पिटिशनको टप ५ मा एस एम स्कुल जनकपुरधाम पनि पर्न सफल भएका छन ।
जनकपुरधाममा निजी बिद्यालयहरुको सँख्या अत्यधिक रहेको र सो बिद्यालयहरुमा कम्पिटिशन रहेको बेला अन्य बिद्यालयहरु भन्दा सिमित श्रोत साधनले संचालित एस एम स्कुल पनि जनकपुरधाममा सोमबार भएको सो कम्पिटिशनमा टप ५ मा पर्न सफल भएको छ ।
मिथिला फाउण्डेशन जनकपुरधामको आयोजनामा गरिएको उक्त ईन्टर स्कुल स्पीच कम्पिटिशनमा एस एम स्कुलका कक्षा १० मा अध्ययनरत बिद्यार्थी आदित्य राउत टप ५ मा पर्न सफल भएको बिद्यालयले जनाएको छ ।
जनकपुरधामका करीब ३० बिद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा ४९ जना बिद्यार्थी सहभागी भएका थिए । सहभागी भएका बिद्यालय मध्येबाट श्री यज्ञवल्क्य संस्कृत माध्यमिक बिद्यालय ज्ञानकुप, एस एम स्कुल, ओम आरसीएस स्कुल, हिमाली स्कुल र न्यु मोडर्न स्कुल टप ५ मा पर्न सफल भएका छन ।
उक्त स्पीच कम्पिटिशनमा मेरो जनकपुरधाम टपिकमा रहेर मैथिली, नेपाली र अँग्रेजी गरी कुल ३ भाषामा स्पीच दिईएको थियो । जस अन्तर्गत एस एम स्कुलका आदित्य राउत अंग्रेजी भाषामा स्पीच दिएर टप ५ मा पर्न सफल भएका हुन ।
टप ५ मा परेकाहरुले नगद रु पाँच हजारका दरले पुरस्कृत भएका छन भने छनौटमा परेका पाँचै बिद्यार्थीलाई पुनः अन्तिम राउण्डका लागि तेश्रो जनकपुर साहित्य महोत्सव २०७८ मा भाग लिन पाउने छन । र अन्तिम राउण्डबाट छनौटमा परेका प्रथम, द्धितिय र तृतिय बिद्यार्थीहरुले क्रमशः २१ हजार, ११ हजार र ५ हजार १ सय पुरस्कार स्वरुप पाउने भएका छन ।
उक्त तेश्रो जनकपुर साहित्य महोत्सव २०७८ का आयोजक पनि मिथिला फाउण्डेशन जनकपुरधाम नै रहेको छ ।