कोरोना अर्थात कोभिड १९ को नाम नसुन्ने ब्यक्ति बिश्वमा कोही छैनन होला । यसको उत्पतिका बिषयमा कुनै ठोस प्रमाण फेला नपरे पनि चिनको वुहान शहरबाट यसको उत्पति भएको भनेर बिश्व स्वास्थ्य सँगठनले समेत पुष्टि गरिसकेको अवस्था छ । तर कोभिड १९ अर्थात कोरोना नामले चिनिने यो भाईरसको उत्पति भएको समयमा पुरै बिश्व समुदाय नै चिन्तित थिए । कारण थियो नया भाईरसको उत्पति जसको बिषयमा सबै अनभिज्ञ थिए भने कसरी सर्छ भन्ने बिषयमा पनि जानकारी नभएर सबै अतालिएका थिए । पछि बिश्व स्वास्थ्य सँगठनले यो भाईरस सर्ने तरीका र यसबाट बच्न सक्ने सुझाव दिएपछि बल्ल जनचेतना फैलाउन शुरु गरिएको थियो । यसको ठोस औषधि पत्ता लाग्न नसकेका कारण पनि मानिसमा त्रास फैलिनु स्वभाविक नै थियो ।
त्रास यतिसम्म फैलिएको थियो कि धेरैमा अब यो दुनिया नै समाप्त हुनेछ । अब कोही बाँच्दैनन भन्ने सम्मका भ्रमहरु पैदा भएका थिए । त्यसबेला समयमा उपचार नपाएर धेरैले मृत्युवरण गर्नुपरेको सम्झना पनि ताजै छ । जसकारण ६ महिना भन्दा बढी समयसम्म कर्फ्यु र लकडाउनको सामना सबै देशका सबै ब्यक्तिहरुलाई गर्नुपरेको थियो । पछि यो १५ दिनमा आफै निको हुने र मृत्युदर पनि १ प्रतिशतभन्दा बढी नहुने बुझिएपछि बिस्तारै लकडाउन खुकुलो पार्दै हटाईएको थियो ।
त्यस्तै, दोश्रो बर्ष पनि कोरोनाले आफ्नो भेरिएन्ट चेन्ज गर्दै डेल्टा भेरिएन्टको नाम दिएर आयो भनेर खबर आएपछि पुन लकडाउन गरियो । तर यस पटक कोरोनाका बिषयमा सबैले राम्ररी बुझेका कारण सतर्कता अपनाएर आ आफ्ना कामहरु जारी राखे ।
अब फेरी तेश्रो बर्ष पनि कोरोनाको तेश्रो लहर ओमिक्रोन आयो भन्दै खबर आएको छ । तर अब बुझ्नुपर्ने कुरा के हो भने यो कोरोना यसैगरी बर्षै पिच्छे कुनै न कुनै रुप रँग र नाममा आईरहन्छ । जुन कोरोनालाई महामारीको नाम समेत दिईयो, त्यसको असर कति छ भनेर पनि सबैले बुझि सकेका छन । सतर्कता अपनाएर काम गरे डराउनु पर्ने भाईरस होईन भनेर पनि बुझ्न सकिन्छ ।
कोरोनाको पहिलो लहरमा फैलिएको त्रासले लकडाउन गर्नुपर्दा हाम्रो सानो मुलुक नेपालले धेरै क्षतिको सामना गर्नुपरेको थियो । हजारौ बेरोजगार भएका थिए भने सयौ ब्यक्ति बेरोजगारीका कारण खान नपाएर तथा पहिले देखिको क्रण तिर्ण नसकेर आत्महत्या सम्मको बाटो समेत अपनाएका थिए । त्यति मात्र नभई देश चरम आर्थिक सँकटमा समेत फसेको थियो ।
त्यस्तै, कोरोनाको दोश्रो लहरमा सतर्क भएकाहरु लकडाउन भएपनि आ आफ्नो कार्यलाई सतर्कताका साथ निरन्तरता दिए । तर पनि देश र जनताले भोग्नुपरेको क्षतिको पुर्ति अहिलेसम्म पनि पुर्ण हुन सकेको छैन ।
यस किसिमको लगातार लकडाउन र कर्फ्युले गरीबको उठीबास हुनुको साथै शिक्षा जगत धरासायी नै भएको थियो । बिद्यार्थीहरुको एसइइ परीक्षाको एक दिन अगाडी मात्र परीक्षा रोकिएको थियो । जसको फलस्वरुप बिद्यार्र्थीहरुको शैक्षिक सत्रमा ढिलाई हुने भएपछि बिद्याालयले बिद्यार्थीहरुको मार्क आफुखुशी चढाएर पास गराएका थिए । तर यसले शिक्षा क्षेत्रमा कतिको प्रभाव पार्यो भन्ने कुराको आँकलन हुनु पनि जरुरी छ ।
यति मात्र नभई बिद्याार्थीहरुले घरै बसी बसी बिशिष्ट श्रेणी सम्म पास हुने मौका पाए । तर सोच्नुपर्ने कुरा के छ भने के त्यस्ता सर्टिफिकेट धारीको ज्ञानको सही मुल्याँकन भएको छ त ? त्यस्ता शिक्षाले देशको वा भनौ बिद्यार्थीको जग मजबुत हुन्छ त ?
यसरी घरै बसी बसी पाउने सर्टिफिकेटले माथिल्लो कक्षामा पढ्न त पाईएला तर के उनीहरुको भविष्य राम्रो बन्ने छ त ? सोच्नुपर्ने बेला आएको छ ।
यता अब कोरोनाको तेश्रो लहर अर्थात ओमिक्रोन नामक भाईरस तिब्र रुपमा फैलिरहेको समाचार ब्याप्त रुपमा फैलिएको छ । तर अब सोच्नुपर्ने क्ुरा के हो भने कोरोना प्रत्येक बर्ष कुनै न कुनै रुपमा हामी बिच रहिरहन्छ । अर्को कुरा के छ भने यसलाई जति महामारीको नाम दिएर हल्ला फिजाउने काम भएको छ । त्यति खतरनाक पनि छैन । यस अर्थमा कि १ प्रतिशत पनि मृत्युदर छैन भने यो बिना उपचारको पनि आईशोलेशनमा बस्दा २१ दिन भित्रमा यो आफै निको भएर जान्छ । र १ प्रतिशत मृत्युको कुरा नै गर्ने हो भने प्राय सुत्केरी हुँदा, झाडा पखाला लाग्दा, हर्ट अटैक हुँदा वा भनौ जुन सुकै रोगबाट पनि मृत्यु हुन सक्छ । तर त्यस्ता रोगहरुलाई महामारीको नाम दिईदैन ।
अब कोरोना लाई सँगै लिएर बाच्नुपर्ने अवस्था रहेकोले भएपनि सबै भन्दा पहिले शिक्षा क्षेत्रलाई जोगाउनु पर्छ । किनकि शिक्षा नै समाप्त भए अस्तित्व के होला ? एकपटक सोच्नुस त । त्यसै त पछिल्लो ३ बर्षमा राम्ररी १ बर्ष पनि बिद्यार्थीहरुले पढ्न पाएका छैैनन । त्यस माथि बर्षै पिच्छे लकडाउन र बिद्यालय बन्द गरिदा शिक्षाको गुणस्तर कस्तो हुन्छ भन्ने सहजै अनुमन गर्न सकिन्छ ।
घरै बसी बसी पाउने सर्टिफिकेटबाट उत्पादन भएका बिद्यार्थी पक्कै पनि गुणस्तरीय होला भन्ने ठोकुवा गर्न गाह्रो छ किनभने बिद्यार्थीको मुल्याँकन नै उसले दिने परीक्षाबाट निर्धारण हुन्छ ।
यता सरकारमा बसेका बिज्ञ र सल्लाहकारहरुले पनि कुनै निर्णय गर्दा दिर्घकालीन अवस्थालाई मध्यनजर गर्दैनन । हचुवाको भरमा बर्तमान अवस्थाको आँकलन गर्दै निर्णय गर्छन । जुन त्यति प्रभावकारी पनि देखिदैन ।
यस पटक पनि जब सभा सम्मेलन र चुनावी प्रचार प्रसारका लागि अपनाईने हतकण्डायुक्त भाषण भईरहेको थियो त्यति बेला सम्म भाईरसको सँख्या बढेको स्वास्थ्य मन्त्रालयको रेकर्डमा देखिएन । तर जसरी नै ति सभा सममेलन अन्त्य हुँदै गयो , सँकक्रमितको सँख्यामा पनि बृद्धि हँुदै गयो । फलस्वरुप स्थानिय प्रशासनले ठाउँ ठाउँमा स्मार्ट लकडाउन त कतै लकडाउन त कतै बिद्यालय बन्द गर्न सुचना नै जारी गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालय धनुषाले यही पुष २८ गते जारी गरेको सूचनामा गृह मन्त्रालयको निर्देशन अनुसार २५ जना भन्दा बढी मानिसको उपस्थिति गरी सभा सम्मेलन गर्न नपाउने भनिएको छ । तर त्यही सरकारी निर्णयको धज्जी उडाउँदै नेपाल रेल्वेको ५५ जना कर्मचारीलाई बिशेष तालिम दिईदैछ ।
त्यस्तै सार्वजनिक स्थलहरु जस्तै सरकारी कार्यालय, होटल, सिनेमा हल, रँगशाला, पार्कहरुमा प्रवेश गर्दा कोरोना खोप लिएको कार्ड अनिवार्य देखाएर प्रवेश गर्न भनिएको छ । यसमा सोच्नुपर्ने कुरा के हो भने के कोरोनाको कार्ड देखाएर छिर्ने बितिकै कोरोना सर्दैन ? या खोप लिएकाहरुलाई कोरोना नै लाग्दैन वा लागेको हुँदैन ? यसको निश्चित कसरी गर्ने ? किनकी खोप लिएकाहरुमा पनि कोरोना सर्ने सम्भावना उतिकै हुन्छ जति खोप नलिएकाहरुलाई । अनि अर्को कुरा के सरकारले सबै नागरिकलाई खोप सेवा दि सकेको छ ? छैन भने यस्तो बिभेद किन ? खोप नलिएकाहरु सरकारी काम काज वा सुविधा लिन बाट बञ्चित रहने हो त ? यो विभेद भएन र ? सरकार आफैले पुरा जनतालाई खोप लगाउन नसक्ने अनि उल्टै खोप नलिएकाहरुलाई सबै सार्वजनिक ठाउँमा जानबाट रोक्ने यो कस्ते नियम हो ?
यति मात्रै नभई पुष २९ गतेदेखि भौतिक उपस्थितीमा बिद्यालयमा पठन पाठनमा समेत रोक लगाएको छ । किन ? के सबैभन्दा बढी कोरोना सँक्रमण बिद्यालयबाट नै हुन्छ कि ? सबैभन्दा पहिले बिद्यालय क्षेत्रलाई नै किन निशाना बनाईन्छ ? सोच्नुपर्ने कुरा हो । सिनेमा हलमा कार्ड देखाएर प्रवेश गर्दा कोरोना सर्दैन तर बिद्यालयमा अध्ययन गर्दा सर्छ ? मुख्य कुरा के बुझ्नु पर्ने हो भने यदि सिनेमा हलबाट कसैलाई कोरोना लागिहाले भने ट्रेसिङ गर्न निकै गाह्रो हुन्छ, तर बिद्यालयमा कोरोना फैलिए तुरुन्तै पहिचान गर्न सकिन्छ किनकी बिद्याालयमा सबैको रेकर्ड सुरक्षित हुन्छ । अर्को कुरो बढी खतरा देखिएमा तुरुन्तै सँक्रमित बिद्यालयको पहिचान गरी बन्द पनि गराउन सकिन्छ । तर त्यस्तो निर्णय गरिएन । शिक्षा बिना जिवन नै अन्धकार हुन्छ भन्ने तथ्यलाई नकार्न सकिन्न । त्यसैले बिगत ३ बर्षदेखि राम्ररी पठन पाठन नहुँदा बिद्यार्थीहरु बिभिन्न किसिमका कुलतमा फसिरहेका छन । फुर्सदका समयमा दिमागमा नचाहिने कुराहरु खेलिरहेका हुन्छन भने कोहीलाई पब्जी खेलको लत त कोही पोर्न साईट हेर्ने, धुम्रपान गर्ने जस्ता कुलतमा फसिरहेका सहजै देख्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले शिक्षा क्षेत्रलाई जोगाउनु अहिलेको आवश्यक्ता देखिन्छ ।
यता बिद्यालय बन्द छ भने उता होटल खुल्ला छ । सार्वजनिक यातायात पनि चलेकै छ । के उता कोरोना सदैन ? यो कस्तो प्रकारको निर्णयहरु गरिएको छ ?
यता प्याबसन, एन प्याबसन र एम प्याबसनले बिज्ञप्ति नै जारी गरी पुष ३० देखि माघ ४ गतेसम्म बिद्यालयहरुमा जाडो बिदा दिने र माघ ५ गतेदेखि सम्पुर्ण कक्षाहरु यथावत सँचालन गर्न जानकारी गराएको छ ।
हुन पनि यस्तो निर्णय लिनु परेको पछाडि यस्तो कारण हुन सक्छ । यस शैक्षिक सत्रमा जम्मा ३ महिना पढाई भएको छ र के यसले बिद्यार्थीको अध्यापन पुरा होला ? अर्को तर्फ बिद्यार्थीका अभिभावक र कैयौ सरकारी तथा निजी बिद्यालयका शिक्षकहरु पनि अब बिद्यालय बन्द नहोस बरु स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालय सँचालन गर्नुपर्ने पक्षमा रहेको बिभिन्न सामाजिक सँजालहरुमा पोखेको अभिब्यक्तिले सहजै थाहा हुन्छ ।
त्यसैले, सरकारले अब यस किसिमका कुनै पनि निर्णय गर्दा गम्भीरताका साथ दिर्घकालीन असर र बर्तमान अवस्थामा कसरी स्वास्थ्य मापदण्डको पालना गराएर देशको कुनै पनि पक्षमा अवरोध सिर्जना नहोस भन्ने बिचार पुरयाउन आवश्यक देखिन्छ ।