२४ मंसीर, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शनिवार बिद्यापति स्मृति पर्वको अवसरमा भब्य रुपमा बिद्यापति समारोहको आयोजना गरिने भएको छ ।
शनिवार मनाउन गईरहेको उक्त बिद्यापति समारोहका नेपाल लगायत भारतका बिभिन्न चर्चित कवि तथा बिशिष्ठ ब्यक्तिहरुको सहभागिता रहने आयोजक मिथिला संस्कृति अध्ययन केन्द्र तथा ब्राह्मण सभाका अध्यक्ष भगवान झाले शुक्रबार पत्रकार सम्मलेनको आयोजना गरी जानकारी दिएका छन ।
जनकपुर ७ स्थित बेला कुट्टीको नजिक गरिने उक्त कार्यक्रममा बिद्यापतिको बिषयमा कविता, रचना प्रस्तुत गरिनुका साथै सांस्कृतिक कार्यक्रम र सम्मान समारोहको आयोजना समेत गरिने भएको छ ।
भारत बिहारका डा. अरुण कुमार सिँह, बिबेका नन्द झा, राकेश ठाकुर, अनिल सिन्हा, धिरज कुमार लगायतको बिशिष्ठ अतिथिको उपस्थिति रहने उक्त कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा लगायत जनकपुरधामका मेयर, उपमेयरहरुको समेत सहभागिता रहने जनाईएको छ ।
नेपालका प्रथम गणतन्त्र पुर्व उपराष्ट्रपति परमानन्द झा द्धारा बिद्यापति चौक जनकपुरधामको सालिकमा माल्यार्पण गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।
त्यस्तै उक्त समारोहमा मैथिली बिभागका प्रमुख डा. पशुपति झाले बिद्यापतिको महिमा माथि प्रकाश पार्ने जनाईएको छ ।