२५ कातिक, जनकपुरधाम । हिजो अस्ताउँदो सुर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदो सुर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न गरेका छन् ।
पूजा सम्पन्न भए पश्चात प्रसादका रुपमा ठकुवा, भुसुवा र फलफुल खाने चलन रहेको छ ।
यता, छठका अवसरमा जनकपुरधाम स्थित एक पोखरीको छठ पूजामा राती बस्नेहरुका लागि निःशुल्क चिया तथा पानीको ब्यबस्था गरिएको छ । त्यस्तै, पूजा समापन भए पश्चात करीब ६०० भन्दा बढी श्रद्धालु तथा व्रतालुहरुलाई साबुरदानाको खिर तथा प्रसाद बितरण गरिएको छ ।
सो निःशुल्क चिया तथा प्रसाद बितरणको कार्यक्रम जनकपुरधामको दशरथ तलाउमा पूजा गर्ने श्रद्धालुहरुमा दशरथ युवा कमिटीले गरेको थियो ।