शिवलिङ्ग माथि दूध किन चढाइन्छ ? यसको बैज्ञानिक पक्ष के हो ?

shiv
guddu
शिवराम झा (गुड्डु)

भगवान शिवलाइ विश्वासको प्रतीक मानिएको छ , किनभने उनको आफ्नो चरित्र अनेक बिरोधाभाषले भरिपुर्ण रहेको छ । जस्तै शिवको अर्थ हो जो शुभकर र कल्याणकारी होस , जबकी शिवजी को आफ्नो व्यक्तित्वसङ्ग अलिकति पनि मेल खादैन । किनभने उहाँ आफ्नो शरीरमा इत्रको स्थानमा चिताको राख मलने गर्छन र गर्दनमा फुलमालाको स्थानमा बिशालु सर्पको धारण गर्छन । उनी एकलै यस्तो देवता हुन जो लिङ्गको रुपमा पुजिन्छ ।

श्रावण महिनामा शिवलिङ्गमा दूध चढाउनुलाई बिशष महत्वपूर्ण मानिएको छ । यसकारण खासगरी श्रावण महिनामा शिवभक्तहरु शिवलाई प्रसन्न गर्न उनी माथि दुधको धार अर्पण गर्ने गर्छन ।
पुराणमा पनि भनिएको छ कि यसले पापको नाश हुन्छ तर शिवलिङ्ग माथि दूध चढाउनु धार्मिक रुपमा मात्र नभएर यसको बैज्ञानिक महत्व पनि त्यतिकै रहेको छ ।

श्रावण महिनामा दुधको उपभोग गर्नु हुदैन ।

भगवान शिव यस्तो देवता हुनुहुन्छ जो कि अरुको कल्याणको लागि जहर पनि पिउन सक्नुहुन्छ । त्यसकारण श्रावण महिनामा शिवलाई दूध अर्पण गर्ने प्रथा बनाइएको छ किनभने यस महिनामा गाई, भैसी घासको सङ्गै कति यस्ता किरा फटयाङग्रा पनि खान सक्छन र ती गाई भैंसीको दूध स्वास्थ्यको लागि गुणकारी नभई हानिकारक पनि हुन सक्छ । त्यसकारण यस महिनामा दूधको उपभोग नगरी शिव माथि अर्पण गर्ने बिधान बनाइएको छ।

आयुर्वेदले पनि साबित गरेको तथ्य के हो भने वात, पित्त, कफ आदि को असन्तुलनको कारण रोग व्याधिहरु लाग्छ र यसै महिनामा वातको रोग सबैभन्दा बढी लाग्ने गर्दछ।

श्रावण महिनामामै ऋृतु परिवर्तनको कारण वात बढने गर्छ। इस वात रोग बाट बच्न के गर्नु पर्छ त ?
यस्तो खानेकुरा खानु पिउनु जसले वात रोग बढछ, यसको लागि पात हुने साग सब्जी तरकारी पनि खानु हुदैन । अनि यति बेला पनि पशुले के खाने गर्छ त ? सबै घाँस र पात नै त खान्छन् । त्यसकारण यिनको दुधले पनि वात रोग लाई बढाउने गर्छ र आयुर्वेदले साबित गरेको तथ्य हो कि श्रावण महिनामा दूध नखाएकै उत्तम ।

यसकारण जब श्रावण महिनामा हरेक ठाउँ शिव लिङ्गमा दूध चढाइन्थ्यो अनि मानिसहरुले बुझ्ने गर्थे कि यस महिनामा दूध बिषको समान हुन्छ, स्वास्थ्यको लागि हानिकारक हुन्छ, यस समयमा दूध खानाले वर्षायाममा सर्ने वायरल इनफेक्सन रोगहरु एक अर्कामा सर्ने भएकाले दूध खानु हुदैन।
वर्षायाममा पनि धैरे प्रकारको खाने वस्तुहरु हुन्छ तर हामी त्यसलाई दिपावली पछि अन्नकुटमा भगवानलाई भोग लगाई सकेपछी नै खाने गर्छौ । किनभने त्यति बेला सम्म वर्षा ऋतु समाप्त भइ सकेको हुन्छ ।

अनि अब सजिलै बुझ्न सकिन्छ शिवलिङमा दूध चढाउनु समझदारी हो । अलिकति सोच्नुस, हाम्रो हरेक परम्पराको पछाडि गहन बिज्ञान लुकेको हुन्छ । यो यस देशमा दुर्भाग्य हो कि हाम्रो परम्परालाई बुझ्न जुन बिज्ञानको आवश्यकता छ त्यो हामिलाइ पढाइदैन र बिज्ञानको नाउमा जे जति हामीलाई पढाइन्छ त्यसबाट हामी आफ्नो परम्परालाई बुझ्न सक्दैनौ । जुन संस्कृतिको कोखबाट हामीले जन्म लियौ त्यो सनातन हो । बिज्ञानलाई परम्परा सँग यस कारणले जोडियो ताकी यो प्रचलन बनोस र हामी सनातनी सधै बैज्ञानिक जीवन बाचिरहँु ।

बाबुराम जस्तो अन्य धर्मबाट प्रभावित केहीलाई भगवान र गङ्गा मातालाई दूध चढाउनु ( अर्पण ) गर्नु व्यर्थ लाग्छ । उनिहरुको धारणा छ कि यसरी दूध खेर फाल्नाले गरिब र बच्चालाई दूधको अभाव हुन्छ ।

म गरिबहरुका स्वघोषित शुभचिन्तकलाई सोध्न चाहन्छु कि तपाईले ती गरिबहरुको लागि चाहिँ के गर्नु भएको छ? तपाईंले कति चोटि दूध किनेर ती गरिबलाई दिनु भएको छ ? मन्दिरमा भगवान् उपर दूध चढाइएन भने के त्यो दूध गरिबले पाउन सक्छ ?

दूध मन्दिरमा भगवान उपर चढोस या नचढोस, त्यो त्यसै पनि बिचरा गरिबले पाउने होइन । यदि तपाई गरिब को लागि केही गर्न सक्नु हुन्छ भने गर्नुस तर कसैको धार्मिक अनुष्ठान माथी टीका टिप्पणी नगर्नुस । मन्दिरमा भगवानलाई दुध अर्पण गर्ने अधिकाँस व्यक्ती यस्तो हुन्छन जो मन्दिर बाहिर पनि गरिबलाई मनले दान दिने गर्छन ।

लेखक शिक्षक हुन् ।

Related posts:

ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने

संस्थागत बिद्यालयहरुमा लागु गर्ने शुल्कको बिवरण पेश गर्न पालिकाको आग्रह

सुनको भाउ अहिले सम्मकै उच्च, कति छ आज ?

२५ करोड नगदसहित काठमाडौंबाट एक जना पक्राउ

आज सुनको मुल्य कति ?

डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सर्वाेच्चले माग्यो कारण

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

एक करोड बीमा गरेर आफैंले पसलमा आगो लगाउने ब्यक्ति पक्राउ

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता

सप्तरीमा बाघको आक्रमणबाट २ जना घाईते

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु

मिथिलाको १५ दिने माध्यमिकी ‘परिक्रमा’ आजदेखि सुरु

वडा भित्रका बिद्यालयहरुको तथ्यांक पठाउन जनकपुरधाम उपमहानगरपालिकाको ताकेता

कोशी प्रदेशको सात वर्षमा ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन निर्माण

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

जनकपुरधाममा संचालित निजि अस्पतालको अनुगमनलाई मुख्यमन्त्रीबाट निरन्तरता

सुनको भाउ हालसम्मकै उच्च

तोलामा १४ सय बढ्यो सुन

जनकपुरको मुस्कान अस्पतालमा ताल्चा

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस, को-को परे ? (सूचीसहित)

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने ४ जना पक्राउ

सुनको भाउमा नयाँ किर्तिमान

विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँले बृद्धि, कति पुग्यो सुनको भाउ?

सुनको भाउमा समान्य गिरावट

COC कक्षाका सहभागीहरुलाइ ट्रयाकशूट वितरण

आगोमा जलेर एक जनाको मृत्यु

चितवनमा युवकलाई कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौबाट जनकपुर आउँदै गरेको माईक्रो दुर्घटना, १ का्े मृत्यु, १२ घाईते

बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

माघमा १८ बैंकको ब्याजदर स्थिर, दुईको हेरफेर

लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरुका लागि एक विशेष परियोजना सञ्चालन

मन्त्रालयको स्पष्टीकरण पछि कुलमानले बुझाए कार्यसम्पादन विवरण

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *