कर्मचारी आवश्यकता
प्रकाशित मितिः २०७८/०४/०५
रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा संचालित समुन्नति (Sponsorship) कार्यक्रमका लागि १८ वर्ष पुराभई ५० बर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक तथा अनुभवी नेपाली नागरिकहरु बाट ७ दिनभित्र आफ्नो बायोडाटा सहितको निवेदन तल उल्लेखित ईमेल ठेगाना वा कार्यालयको सम्पर्क ठेगानामा मा पठाउनका लागिआह्वान गरिन्छ ।
बिज्ञापन नंः ०१-०७८/०७९
१.) पदः विपत जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन कार्यक्रम संयोजक – १ जना
समुन्नति कार्यक्रम अन्तर्निहित विपत जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन संग संबन्धित कार्यहरु गर्ने–गराउने प्रमुख व्यक्तिको रुपमा कार्यक्रम संयोजकले कार्यहरु गर्नुपर्नेछ ।
योग्यता तथा अनुभवः
- कम्तिमा स्नातक वा सो सरह (वातावरण, बिपद् न्युनिकरण, जलवायु परिर्वतन, सामाजिक विज्ञान आदि बिषयमा) उत्तीर्ण भएको।
- विपत जोखिम न्युनिकरण, जलवायु परिवर्तन, मानविय सहायता कार्य, निति निर्माण आदिमा कम्तिमा ३ वर्षको अनुभव।
- योजना तर्जुमा तथा कार्यन्वयन र व्यवस्थापन गर्न सक्ने सक्षम।
- सरोकारवालाहरु संग समन्वय, प्रतिवेदन लेखन, सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको।
- आधारभुत कम्प्युटर (word, excel, power point, email) र स्मार्टफोन प्रयोग सम्बन्धि राम्रो व्यावहारीक प्राविधिक ज्ञान भएको तथा
- नेपाली, अङग्रेजी र स्थानिय भाषा बोल्ने प्रतिवेदन लेख्न जानेको ।
बिज्ञापन नंः ०२-०७८/०७९
२.) पदः सब इन्जिनियर – १ जना
योग्यता तथा अनुभवः
- Sub-Engineering बिषयमा प्रविणता प्रमाण पत्रवा सो सरह उत्तीर्ण गरेको ।
- सामुदायिक निमार्ण र Estimation and designing कार्यमा कम्तिमा २ वर्षको अनुभव भएको।
- आधारभुत कम्प्युटर र स्मार्ट फोन सम्बन्धि जानकारी भएको,
- नेपाली तथा अङग्रेजी भाषामा प्रतिवेदन लेख्न तथा स्थानिय भाषा बोल्न सक्ने ।
बिज्ञापन नंः ०३-०७८/०७९
३.) पदः सामुदायिक परिचालक –१ जना
योग्यता तथा अनुभवः
- कम्तिमा प्रविणता प्रमाणपत्र तह वा/समाजिक परिचालन बिषय वा सो सरह उत्तीर्ण गरेकोे, समुदाय परिचालनमा सहजिकरण, पालिका तथा वडा स्तरको योजना तर्जुमा र कार्यान्वयन, प्रतिवेदन लेख्न र सुपरिवेक्षणमा कम्तिमा २ वर्षको अनुभव भएको,
- आधारभुत कम्प्युटर र स्मार्टफोन सम्बन्धि राम्रो व्यावहारिक ज्ञान भएको,
- नेपाली भाषामा प्रतिवेदन लेख्न तथा स्थानिय भाषा बोल्न सक्ने ।
नोट: प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गराइनेछ । संस्थाको पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत युवाहरु तथा स्थानीयहरुलाई प्राथमिकता दिईनेछ । निवेदक बालसंरक्षण निती को पालना गर्ने तथा कुनै किसिमको यौन दुव्र्यवहार, हिंसा, शोषण, विभेद, बेवस्ता, बेचविखन आदी कार्यमा दोषी नभएको वा सजायन भएको इमान्दार, निश्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत: अमान्य हुनेछ ।
दरखास्त दिने अन्तिम मिति: २०७८।०४।११ गते साँझ ५ः०० बजे सम्म ।
आवेदन दिने इमेल ठेगाना:
रतौली युवा क्लव (RYC)
टाउन प्लानिङ, जलेश्वर २, महोत्तरी
फोन नं. : ०४४-५२०८४३
इमेल: vacancyryc@gmail.com