कोरोना र यसले शिक्षामा पारेको प्रभाव

शिवराम झा (गुड्डु)

कोरोना भाईरसको प्रभाव अहिले सम्पुर्ण विश्वमा नै छ । दुनिया भरको लगभग १९० देश यसको प्रभावले अक्रान्त छ साथै अर्थव्यव्स्थामा समेत यसले नराम्रो ढङ्गले प्रभाव पारेको छ । हामी बिस्तारै वैश्विक मन्दी तर्फ अग्रसर हुँदै गई रहेका छौ । यस भाईरसकोे कारण कैयौ देशमा लकडाउन, निशेधज्ञा र कर्फ्यु समेत लगाउनु परेको स्थिती आएको छ । उधोग जगत, समाजिक आर्थिक क्षेत्रको साथै एक अन्य महत्त्वपूर्ण क्षेत्र यस भाईरसको कारण नराम्ररी प्रभावित भएको छ त्यो हो “ शिक्षा“।

त्यसो त देशमा अहिले स्थिति सामान्य बन्दै गैरहेको छ कारण सरकारले लगाएको निशेधज्ञा । त्यसबाहेक अरु केही ठोस निर्णय लिन सकेका छैनन । प्राथमिक तह देखि उच्च तह सम्मका सबै बिद्यार्थीहरुको पठन पाठन प्रभावित भएको छ। केही ठुला विश्वबिधालय र आङिक क्याम्पस र बिधालयहरुले अनलाइन माध्यमले शिक्षण सिकाइ जारी राखेता पनि त्यो प्रभावकारी हुन सकेको छैन कारण यस प्रणाली अन्तर्गत बिद्यार्थीको पहुच न्यून हुनु । अझ केही सहर केन्दृत बिधालयहरुले अनलाइन शिक्षा को व्यवस्था गरेता पनि गाउँमा यसको हाल खास्ता रहेको देखिएको छ। जहाँ बिद्यार्थीहरु सङ्ग आवश्यक उपकरण नहुनु र अभिभावकले पनि चासो नलिनु देखिएको छ । कक्षा १० को हकमा आन्तरिक मुल्यांकनको आधारमा नतिजा प्रकासन गर्ने योजना सहित अघि बढिएता पनि कक्षा १२ को लागि हाल सम्म कुनै ठोस निर्णयमा पुगेको अवस्था देखिदैन । धैरे विश्वबिधालयहरुले साउनको पहिलो र दोस्रो साता देखि परीक्षा सन्चालन गर्ने भनेता पनि फेरि पनि बन्दा बन्दी हुने भन्ने हल्लाका बिच बिद्यार्थीहरु अन्योल र त्रासमा रहेका छन ।

यसको साथै एक महत्त्वपूर्ण बिषय यो पनि हो कि , जुन बिद्यार्थी पहिले विभिन्न गतिविधि जस्तै खेल , मनोरंजन मा आफ्नो साहपाठीहरुको साथ सकृयता पुर्वक भाग लिने गरेका थिए , आजकल ती बिद्यार्थीहरु आ आफ्नो घरमा बन्द भएका छ्न , सामाजिक दुरि बनाइ राखेका छन । बिद्यार्थीहरुमा मनोसामाजिक समस्या देखिनुका साथै पढाईबाट डराएर पर पर भाग्दै गरेको महशुस गर्न सकिन्छ । यस्तोमा यदि लकडाउन र निशेधज्ञा अझ बढने हो भने यी बिद्यार्थीहरु झन मानसिक तनावमा आउन सक्छन् । त्यही टि भि , मोबाइलको अत्यधिक प्रयोगले पनि उनिहरुको मानसिक स्थितीमा नकारात्मक असर पार्ने देखिन्छ । मानसिक अवसादको यस्तो अवस्थाबाट बचाउन मनोबैज्ञानिकहरु अघि आउन र मार्ग दर्शन गर्न अति आवश्यक छ ।

म आफ्नो अनुभवले यति त भन्न सक्छु कि यदि हामी यिनिहरुलाइ अभिभावकको प्रत्यक्ष निगरानीमा सकारात्मक काममा व्यस्त राख्ने हो भने अत्यधिक फाइदा हुन सक्छ ।

आजको आवश्यकता हो, स्थानीय सरकार , शैक्षिक संस्था , समाज , राजनितिज्ञ र स्वयम् बिद्यार्थी सबै मिलि समस्याको हल गर्न एकजुट भएर प्रयास गर्नुपर्ने आवश्यक देखिन्छ ।

अभिभावकको पनि दायित्व हो कि यस्तो मुस्किल समयमा आ आफ्नो बालबालिकाको मनोबल बढाइ तिनीहरुलाई सकारात्मकताको लागि प्रेरित गरौ ।।

लेखक निजी विद्यालयका शिक्षक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *